Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षकहरूको कार्यमूलक अनुसन्धान सम्बन्धि तालिम 

शिक्षकहरूको कार्यमूलक अनुसन्धान सम्बन्धि तालिम 

  • 630
    SHARES

  • शिक्षकहरूको कार्यमूलक अनुसन्धान सम्बन्धि तालिम 

    भक्तपुर, जेठ २३ । भक्तपुर नगरपालिका वडा नं.१ को शिक्षा समितिको आयोजनामा शुक्रबार सामुदायिक शिक्षकहरूको लागि एकदिने कार्यमूलक अनुसन्धानको क्षमता विकास तालिम सभाहलमा सम्पन्न भयो ।

    कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विद्यालयमा देखापरेका विभिन्न समस्यालाई समाधानका लागि कार्यमूलक अनुसन्धान क्षमता विकास तालिम उपयुक्त हुने बताउँदै वडा कार्यालयमा आइपर्ने विभिन्न सामाजिक तथा सामुदायिक समस्या सम्पत्ति बाँडफाँड, बितेका आमाबाबुको नाम नागरिकता तथा अन्य कागजातमा उल्लेख नगर्दा हुने समस्या समाधानको लागि समेत कार्यमूलक अनुसन्धान क्षमता विकास तालिमले सहयोग पुग्ने बताउनुभयो ।

    Messenger_creation_5461AB6C-4F37-49C8-A224-65229040BB43.jpeg

    उहाँले शिक्षकहरूको लागि सञ्चालन गरिएको उक्त तालिमले पेशाप्रति जवाफदेही बनाउने र बालमैत्री कक्षा शिक्षणको लागि सकृयता बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

    तालिमका प्रशिक्षक तथा शिक्षा मन्त्रालयका उपसचिव डा. श्यामप्रसाद आचार्यले सर्वप्रथम स्वास्थ्य क्षेत्रमा नर्सहरुबाट कार्यमूलक अनुसन्धानको अवधारणा विकास भएको बताउँदै शिक्षाक्षेत्रमा शिक्षकहरूले कार्यमूलक अनुसन्धानको ढाँचा, विधि तथा प्रतिवेदन निर्माण गर्दा उद्देश्य विधि, साधन, नतिजा र व्याख्या गरिरहेको बताउनुभयो ।

    वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले तालिमबाट जनप्रतिनिधिलाई समेत आफ्नो गतिविधि, योजना निर्माण र सुधार गर्ने अवसर मिलेको बताउनुभयो ।

    तालिमका प्रशिक्षकलाई धन्यवाद सहित कदरपत्र तथा भक्तपुर नगरपालिकाका विभिन्न प्रकाशन वितरण गरिएको सो कार्यक्रममा शिक्षकशिक्षिकालाई प्रमाणपत्रसमेत वितरण गरियो ।

    विभिन्न समूह विभाजन सहित छलफल र प्रस्तुतीकरण गरिएको उक्त तालिममा १ वडामा रहेका ४ सामुदायिक विद्यालयका ५५ जना शिक्षकशिक्षिकाले सहभागिता जनाएका थिए ।

    images
    शनिवार, जेठ २५ २०८२१०:२७:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार