Aug 13 2026 | २०८३, श्रावण २८ गते

अमर ज्योति बिधालयको ४१ औ वार्षिकोत्सव समारोह सम्पन्न

अमर ज्योति बिधालयको ४१ औ वार्षिकोत्सव समारोह सम्पन्न

  • 500
    SHARES

  • अमर ज्योति बिधालयको ४१ औ वार्षिकोत्सव समारोह सम्पन्न

    काठमाडौ जेठ २४ गते शनिवार । नागार्जुन नगरपालिका वडा नं. १० ( स्युचाटार ) स्थित अमर ज्योति माध्यमिक विद्यालयको ४१ ओैँ वार्षिकोत्सव सम्पन्न भएको छ। शनिवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भट्टराईको सभापतित्व तथा नागार्जुन नगरपालिकाकि कार्यबाहक मेयर सुशिला अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।  

    उक्त कार्यक्रमा समाजसेवी नागार्जुन -१० निवासी बिदुर के.सीले तथा १० लाखको अक्षयकोष स्थापना गरेको थियो। भने के.सी परिवारलाई का. वा. नगर प्रमुख सुशिला अधिकारीबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो । सोही समारोहमा निवृत शिक्षक कुल वहादुर खत्रीलाई कदर पत्र प्रदान गरिएको थियो । साथै विद्यालयमा कार्यरत शिक्षक कल्पना लम्साल रेग्मी, अमृत जि.सी., गौरी शर्मा गौतम, लेखापाल इन्द्र वहादुर के.सी., कम्प्युटर शिक्षक श्रुती पौडेललाई नगद सहित सम्मान-पत्रले सम्मानित गरिएको थियो ।

    FB_IMG_1749317423827.jpg

    सो कार्यक्रममा नेपाली कांग्रेसका नेता दामोदर गौतम, वडा १० नं. वडा अध्यक्ष सुन्दर वहादुर के.सी. नेकपा एमालेका नेता इश्वर बिडारी, नेपाल शिक्षक संघ नागार्जुनका अध्यक्ष राजु के.सी., सिताराम मा.वि. प्रधानाध्यापक प्रदिप पुरी लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । समाजसेवी एवम् नेपाल सरकारका पुर्व सचिव विदुर के.सी.ज्युले आफ्ना स्वर्गीय पुत्र डा. विवेक विक्रम खत्रीको स्मृतिमा स्थापित रु १० लाखको अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट त्यसै विद्यालयमा अध्ययनरत उत्कृष्ठ विद्यार्थीहरुलाई नगद तथा ट्रफी वितरण गर्नु भएको थियो ।

    ४१ ओैँ वार्षिकोत्सव समारोहमा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा  उत्कृष्ठ विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । साथै विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषको ब्याजबाट प्राप्त रकम गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई दाताहरुबाटै वितरण गरिएको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक सुन्दर पन्तले विद्यालयको आर्थिक तथा विद्यालयका बिभिन्न गतिविधीहरु प्रस्तुत गर्नु भएको थियो ।सो समारोहमा विद्यार्थीहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    images
    आइतवार, जेठ २६ २०८२०७:४०:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार