Oct 03 2026 | २०८३, आश्विन १७ गते

महेन्द्रोदय माबी मैदानमा ट्र्याकसुट तथा छात्राबृत्ती बितरण

महेन्द्रोदय माबी मैदानमा ट्र्याकसुट तथा छात्राबृत्ती बितरण

  • 697
    SHARES

  • महेन्द्रोदय माबी मैदानमा ट्र्याकसुट तथा छात्राबृत्ती बितरण

    जेठ, २८ गते/ धादिङ। जिल्लाको धुनिबेशी नगरपालिका १ मैदानस्थित महेन्द्रोदय माध्यामिक विद्यालयले विद्यार्थीलाई ट्र्याकसुट तथा छात्राबृत्ती बितरण गरेको छ ।अभिभावक,शिक्षक तथा विद्यार्थी बीचमा भएको उक्त कार्यक्रममा जेहेन्दार तथा गरिब विद्यार्थीलाई विद्यालय पोशाक र स्टेसनरीको सामाग्री समेत बितरण भएको हो।

    IMG-20250611-WA0008.jpg

    झन्डै एक लाख बीस हजार बराबरको ट्याकसुटको सहयोगी दाता धुनिबेशी नगरपालिका वडा नम्बर १ निवासी बिनोद सुनार र बिकास सुनार थिए जो यसै बिधालयका भुतपुर्व विद्यार्थी पनि हुन ।हाल उहाँहरु रोजगारको सिलसिलामा जापनमा हुनुहुन्छ ।

    करिब २ बजेबाट सुरु भएको कार्यक्रममा सहयोग दाताका हजुर आमा,बुवा, आमा भाइ र बुहारीको पनि सहभागिता रहेको थियो। सहयोगको समन्वय यसै बिधालयका शिक्षक राजेन्द्र प्रसाद भट्टराईले गर्नुभएको थियो।

    IMG-20250611-WA0007.jpg

    उक्त कार्यक्रम बिधालयका सह-प्रधानध्यापक मोहन कोइरालाको सन्चालनमा बिधालय व्यवस्थापन समितिको अध्यक्ष बिवस तामाङको सभापतित्वमा ,धुनिबेशी नगरपालिका वडा नं १ को अध्यक्ष मानबहादुर तामाङको प्रमुख आतिथ्यमा वडाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो।कार्यक्रममा बिधालयका प्रधानध्यापक दीपबहादुर खत्रीले शुभकामना मन्तब्य राख्नुभएको थियो।

    IMG-20250611-WA0012.jpgIMG-20250611-WA0011.jpg

    images
    बुधवार, जेठ २९ २०८२१०:२३:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार