Aug 13 2026 | २०८३, श्रावण २८ गते

अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित, यी हुन् पदाधिकारीमा जित्ने नेता

अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित, यी हुन् पदाधिकारीमा जित्ने नेता

  • 551
    SHARES

  • अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित, यी हुन् पदाधिकारीमा जित्ने नेता

    काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशनबाट अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।

    काठमाडौँको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पराजित गर्दै डा कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा. कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याएका थिए।

    त्यसैगरी पदाधिकारीमा अधिकांश डा. कडरिया प्यानलकै निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित भए। महासचिवमा दीपक धामी निर्वाचित भए। उनीहरू सबै डा. कडरिया प्यानलका हुन्।

    उपमहासचिवमा कमल जोशी भने अत्यधिक मतका साथ निर्वाचित भएका छन्। जोशी पौडेलको प्यानलबाट प्रतिस्पर्धा गरेका थिए। चार सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित भएका छन्।

    Screenshot_2025-06-13-07-36-05-11_a23b203fd3aafc6dcb84e438dda678b6.jpgScreenshot_2025-06-13-07-36-17-88_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    शुक्रवार, जेठ ३१ २०८२०७:३९:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार