शनिवार, जेठ ३२ २०८२
जेठ, ३०गते/ बिरगंज। अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै पर्साको वीरगन्ज महानगरपालिकाले विद्यालयमा ६ दिन अर्थात असार ६ गतेसम्म बिदा दिएको छ।
केही दिन देखि बढ्दै गएको अत्यधिक गर्मीको कारणबाट विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने अवस्था देखिएकोले असार ०१ गते आइतबार ०६ गते शुक्रबारसम्म ६ (छ) दिन बिदा दिने निर्णय गरेको हो।
वर्षे सट्टे विदाबाट मिलान हुने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको बेहोरा सम्वन्धित सबै विद्यालय, विद्यार्थी तथा अभिभावकहरूको जानकारीको लागि आदेशानुसार यो सूचना प्रकाशित जनाएको छ।
