बुधवार, चैत्र ११ २०७७
काठमाडौँ - देशभर ५० हजार शिक्षक आवश्यक रहेको एक तथ्याङ्कले देखाएको छ । सरकारद्वारा गठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले तयार पारेको तथ्याङ्कमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको हो ।
कार्यदलको तथ्यांकअनुसार प्रा.वि. तहमा करिब १ हजार, मा.वि.मा २१ हजार र कक्षा ११ र १२ का लागि झन्डै ४ हजार शिक्षकको दरबन्दी आवश्यक रहेको छ ।
सामुदायिक बिधालयमा शिक्षक अभावका कारण शैक्षिक गुणस्तर घट्दै गएका कारण सरकारले गुणस्तर र नयाँ शिक्षकको दरबन्दी निक्र्योल गर्न कार्यदल गठन गरेको हो ।
सरकारले आगामी आर्थिक वर्ष बाट प्रारम्भिक वालविकास कक्षा सहयोगी ईसिडीं (ECD) शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन गृहकार्य अगाडी बढाएको छ। यसको लागि बजेटमै ब्यबस्था गरेर उक्त कार्य गरिने अर्थमन्त्रालय श्रोतले जानकारी दियो।
यसअघि ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन अर्थ मन्त्रालय संग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गर्दै बजेटको ब्यबस्था मिलाईदिन पत्राचार गरेको थियो ।