Oct 03 2026 | २०८३, आश्विन १७ गते

तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्न शिक्षा मन्त्रालयद्वारा सुझाब माग

तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्न शिक्षा मन्त्रालयद्वारा सुझाब माग

  • 791
    SHARES

  • तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्न शिक्षा मन्त्रालयद्वारा सुझाब माग

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिक तहको विज्ञापन रोकेर तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्ने सवालमा सुझाव माग गरेको छ । प्राथमिक तहको विज्ञापन रोकेर मन्त्रालयले विद्यालय नक्साङ्कन, विद्यालय गाभ्ने र तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रूपान्तरण गर्ने सवालमा सुझाब माग गरेको हो ।

    नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मिति २०८१ कार्तिक १४ मा गठित उच्चस्तरीय दरबन्दी पुनरवलोकन कार्यदलले पेस गरेको प्रतिवेदन अध्ययनकै क्रममा रहेको छ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समेत शिक्षक दरबन्दी पुनरवलोकन गर्ने, विद्यालयको पुनःनक्साङ्कन गरिने, नक्साङ्कनका आधारमा विद्यालय गाभ्ने नीति लिइने उल्लेख भएको सन्दर्भमा विद्यालय नक्साङ्कन, विद्यालय गाभ्ने र तल्लो तहका शिक्षक दरबन्दी माथिल्लो तहमा रुपान्तरण गर्ने सम्बन्धमा स्थानीय तहसँग समेत आवश्यक समन्वय गरी बस्तुनिष्ट सुझाब पठाउन भनिएको छ।

    केन्द्रले शिक्षक दरबन्दी कार्यविधि २०७६ बमोजिम शिक्षक दरबन्दी तथा व्यवस्थापन कार्य गर्दै आएको छ ।

    सुझाव teachermgt.cehrd@gmail.com मा दिन सकिनेछ ।

    1750647409087.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार