Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा क्षेत्रमा आसालाग्दो शैलुङ्ग गाउँपालिकाकाे बजेट

शिक्षा क्षेत्रमा आसालाग्दो शैलुङ्ग गाउँपालिकाकाे बजेट

  • 882
    SHARES

  • शिक्षा क्षेत्रमा आसालाग्दो शैलुङ्ग गाउँपालिकाकाे बजेट

    असार, ११ गते/ दोलखा। शैक्षिक क्षेत्रको विकासले नै समग्र क्षेत्रको विकास गर्छ भन्ने योजनाका साथ शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको शैलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ काे लागि पनि शैक्षिक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको छ ।

    शैक्षिक सुधार, जनशक्ति व्यवस्थापन, प्रेरणा र सुदृढीकरण, भौतिक व्यवस्थापनको निम्ति करिब ३ करोड ७० लाख बजेट विनियोजन गरेको छ ।

    गाउँपालिकाले कक्षा १० र कक्षा १२ का बोर्ड परीक्षाहरूमा ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ नगद पुरस्कारले पुरस्कृत गर्ने भएको छ।

    साथै  साथै जीपीए ३.८-३.९९ सम्म ल्याउनेलाई २० हजार र जीपीए ३.६-३.७९ ल्याउने विद्यार्थीलाई रु. १० हजारले पुरस्कृत गर्ने भएको छ।

    दोलखाको सैलुङ गाउँपालिकाले:-

    १) सुत्केरी बिदा सट्टा शिक्षक व्यवस्थापन गर्ने

    २) दिवा खाजामा थप रकम दिने

    ३) कक्षा ६ देखि आठसम्मका विद्यार्थीलाई पनि दिवा खाजा दिने

    ४) शिक्षकलाई प्रोत्साहन स्वरूप झोला डायरी दिने

    ५) उत्कृष्ट शिक्षा तथा विद्यार्थीलाई पुरस्कार दिने

    ६) कार्यसम्पादनमा उत्कृष्ट प्रहलाई प्रोत्साहन भत्ता दिने

    ७) कक्षा १० र कक्षा ८ मा अतिरिक्त कक्षा व्यवस्थापन गर्ने, खर्च पालिकाले व्यहोर्ने

    ८) शैक्षिक अवलोकन भ्रमण, सम्मेलन तथा प्रदर्शनीहरूका लागि बजेट छुट्याउने ।

    received_1381817199712970.jpegreceived_942871924570655.jpeg

    images
    बुधवार, आषाढ ११ २०८२०६:५१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार