Aug 13 2026 | २०८३, श्रावण २८ गते

छोरेपाटन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई क्रान्तिकारी द्वारा कालोमोसो

छोरेपाटन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई क्रान्तिकारी द्वारा कालोमोसो

  • 554
    SHARES

  • छोरेपाटन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई क्रान्तिकारी द्वारा कालोमोसो

    असार, २७ गते/ पोखरा। छोरेपाटन माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई क्रान्तिकारीले कालोमोसो दलेको छ।

    बहुमत निकत अखिल क्रान्तिकारीले करिब २२०० विद्यार्थी पढ्ने विद्यालयको मुख्य आयस्रोत पातले छाँगोलाई विद्यालयलाई करोडौं घाटा लाग्ने गरि आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि केही मुठ्ठीभर माफियासँग घुस/कमिशन खाएर पातले छाँगो पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको भन्दै कालोमोसो दलेको जानकारी दिएको छ।

    यो सम्झौताविरुद्ध आमविद्यार्थी, स्थानीय अभिभावक र सरोकारवाला सबैले आन्दोलन गर्दागर्दै पनि विद्यार्थी र विद्यालयको भविष्यसँग जोडिएको पातले छाँगो निजी ठेक्का प्रक्रियामा लगियो र महानगरपालिकाले ४ किस्ताका दरले बार्षिक ३ करोड रूपैयाँ विद्यालयलाई भुक्तानी दिने सम्झौता गरेकोमा २ किस्ता विद्यालयलाई भुक्तानी नगर्दासमेत कमिशन खाएर चुप बसेको र विद्यालयमा नियमित अपारदर्शी आर्थिक गतिविधि गरि विद्यालयलाई कमाई खाने माध्यम बनाएको बताएको छ।

    images
    शुक्रवार, आषाढ २७ २०८२११:१४:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार