आइतवार, आषाढ २९ २०८२
असार, २९ गते/ काठमाडौँ। काठमाडौ महानगरपालिकाको बिजेश्वरी स्थित द सनसाइ स्कुल/कलेजले एसईई २०८१ मा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिवार स्कुल/कलेज प्राङ्गणमा कक्षा १० का विद्यार्थी सुभम भण्डारीको सभापतित्व तथा प्राचार्य बाबुराम गौतमको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विद्यार्थी सम्मान पश्चात् 'द सन साइन'का संस्थापक प्रिन्सिपल बाबुराम गौतमले विद्यार्थीहरुलाई मन्तव्य मार्फत उत्प्रेरित गर्नुभयो। उहाँले एसईई पास गरेपछी विद्यार्थीहरुको आफ्नो क्षमता र रुचि अनुसारको बिषय अध्यायनको लागि अवसर प्राप्त हुने भएकोले लहडमा लागेर बिषयहरु छान्न नहुने बताउनुभयो। उहाँले कक्षा ११ र १२ उच्च शिक्षा नभै बिद्यालय शिक्षा नै भएकोले त्यो अनुरुप बुझ्न र पढ्न सुझाव समेत दिनुभयो।

द सनसाइन कलेजले सोही बिद्यालय बाट एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति दिने समेत घोषणा गरिसकेको छ।
कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धुर्बराज भण्डारी, भाइस प्रिन्सिपल तेज प्रसाद भण्डारी, बोर्ड सदस्यहरु कृष्ण उपाध्याय, चन्द्र वाग्ले, प्रकाश हमाल, ज्ञानराज भण्डारी लगाएत बिशेष अतिथी सहभागी हुनुहुन्थ्यो।
उक्त कार्यक्रम कक्षा १० कि सविना न्यौपानेले संचालन गरिन्। साथै सहप्राचार्य तेज प्रसाद भण्डारीले धन्यवाद मन्तव्य दिनुभयो ।