Aug 13 2026 | २०८३, श्रावण २८ गते

यथास्थितिमै विधेयक पारित गरे समितिका माननीयहरूको पुत्ला दहन गर्ने राहत शिक्षकको घोषणा

यथास्थितिमै विधेयक पारित गरे समितिका माननीयहरूको पुत्ला दहन गर्ने राहत शिक्षकको घोषणा

  • 736
    SHARES

  • यथास्थितिमै विधेयक पारित गरे समितिका माननीयहरूको पुत्ला दहन गर्ने राहत शिक्षकको घोषणा

    काठमाडौँ । नेपाल राहत शिक्षक संगठनले यथास्थितिमै 'कालो विधेयक'लाई विषयगत समितिले पास गरेको दिनमै देशैभरि विषयगत समितिका माननीयहरूको पुत्!ला दहन गर्ने र बहिष्कार गर्ने भएको छ। आइतवार काठमाडौको रिपोटर्स क्लबमा एक पत्रकार सम्मेलन गर्दै संगठनले यस्तो घोषणा गरेको हो।

    राहत शिक्षकहरुले आफ्नो आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै 'विगतका सम्झौता र नजिरलाई वेवास्ता गरी यथास्थितिमै 'कालो विधेयक'लाई विषयगत समितिले पास गरेको दिनमै देशैभरि विषयगत समितिका माननीयहरूको पुत्!ला दहन गर्ने र बहिष्कार गर्ने कार्यक्रम' रहेको जनाएको छ।

    साथै विधेयक संसदको कार्यसूचीमा परेको दिन पेशागत सङ्घ संगठनहरूले प्रतिवाद नगरेमा देशैभरि राहत शिक्षकहरूले शिक्षकहरूका संघ संगठनलाई परित्याग गर्ने समेत जनाएका छन्। 'कालो विधेयक' प्रतिनिधिसभाले पारित गरेको दिन संसदमा क्रियाशील सबै राजनीतिक दलहरूलाई सामुदायिक विद्यालय, सामुदायिक शिक्षा र शिक्षक विरोधी रहेको निष्कर्ष निकाल्दै नो भोटसहित दलहरू बहिष्कार गर्ने र आफ्नो पेशागत काम छोडेर सबै पालिकाहरूमा अनसन बस्ने समेत निर्णय गरेका छन्।

    साथै उनीहरुले राज्यले राहत शिक्षकलाई बेरोजगार बनाउने र नयाँ विद्यार्थीहरुलाई शिक्षक बनाउने हो भने आफूहरू तयार रहेको तर सरकारले आफूहरूलाई ४ महिनाको तलब र आर्थिक प्याकेज दिएमा सम्पूर्ण ४० हजार राहत शिक्षकहरू सामूहिक रुपमा सेवा लिएर बस्ने जानकारी गराएका छन् ।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार