Aug 13 2026 | २०८३, श्रावण २८ गते

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन : साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन : साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

  • 558
    SHARES

  • कक्षा ११ र १२ को छात्रवृत्तिका लागि १७,२२९ आवेदन : साउन १ गते देखि प्रवेश पत्र डाउनलोड गर्न सकिने

    काठमाडौं। काठमाडाैँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन आह्वान गरिएकामा १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन् । देशभरका ७७ वटै जिल्लाबाट उक्त संख्यामा विद्यार्थीहरुले आवेदन दिएको शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलले बताए ।

    अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन। यस तथ्यांकलाई आधार मान्दा कुल आवेदनको झन्डै ७१% विद्यार्थीले विज्ञान विषयको लागि आवेदन दिएका छन्।

    हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ । यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन १ गते देखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्नु हुने छ ।

    प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np  वा https://entrance.kathmandu.gov.np/ मा गएर “एडमिट कार्ड“ बटनमार्फत आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ । प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ ।

    छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ । सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन् ।

    परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन । परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ ।

    यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण संस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । 

    images
    मंगलवार, आषाढ ३१ २०८२०८:२७:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार