Aug 13 2026 | २०८३, श्रावण २८ गते

डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन खुला

डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन खुला

  • 628
    SHARES

  • डिप्लोमा तथा प्रमाणपत्र तह स्वास्थ्य कार्यक्रमहरूमा छात्रवृत्तिका लागि आवेदन खुला

    साउन, ५ गते/ काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटि)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्यका कार्यक्रमहरूका लागि छात्रवृत्तिको लागि आवेदन फारम खुलेको छ। परिषदले शैक्षिक शत्र २०८२/०८३ मा डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्यका कार्यक्रमहरुका लागि वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा Online आवेदन फाराम भर्न सुचित गरेको हो।

    सरकारी, सामुदायिक विद्यालयवाट एस एल सी/एसइई र परिषद्‌का आगिक शिक्षालयहरुबाट प्रि-डिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरुवाट शैक्षिक सत्र २०८२/०८३ मा "डिप्लोमा तथा प्रमाणपत्र तहमा पशिक्षार्थी छनौट छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२ बमोजिम परिषदबाट सम्वन्धन/स्वीकृती प्राप्त आंगिक, साझेदारी तथा निजी स्तरमा सचालित शिक्षालयहरुमा निर्धारण गरिएका वर्गीकृत निःशुल्क) छात्रवृत्ती कोटामा भर्नाका लागि २०८२ श्रावण २६ गते भित्र परीक्षा नियन्त्रण कार्यालयको ITMS Online मा रितपूर्वक Online आवेदन फाराम भर्न सक्ने छन्।

    साथै न्यूनतम योग्यता पुगेका आवेदकहरुले Online माध्यमबाट आवेदन फाराम शुल्क बुझाई अध्ययन गर्ने कार्यक्रम, प्रदेश, शिक्षालय प्राथमिकिकरण गरी आफू पर्ने वर्गको कोटा समेत छनौट गरी Online Application Form Submit गर्नु पर्नेछ ।

    वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा नेपाली नागरिकले कुनै एक प्रदेशको कार्यक्रमका लागि Online Application Form भर्न सक्नेछन र प्रतिस्पर्धा समेत सोही प्रदेश स्तरमा मात्र हुनेछ तथा योग्यताक्रम सूची प्रकाशन एवं धनां सिफारिश समेत सोही बमोजिम हुनेछ ।

    शैक्षिक शत्र २०८२/०८३ का लागि डिप्लोमा/प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फको कुनै एक कार्यक्रममा मात्र Online आवेदन फाराम भर्न पाइनेछ ।

    यस्तो छ सूचना !

    FB_IMG_1753069404982.jpgFB_IMG_1753069406658.jpgFB_IMG_1753069408654.jpgFB_IMG_1753069410244.jpg

    images
    सोमवार, श्रावण ६ २०८२०९:४१:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार