Aug 13 2026 | २०८३, श्रावण २८ गते

कामनाले गर्‍यो कक्षा ११ का नव आगन्तुक विद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम ।

कामनाले गर्‍यो कक्षा ११ का नव आगन्तुक विद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम ।

  • 1.2K
    SHARES

  • कामनाले गर्‍यो कक्षा ११ का नव आगन्तुक विद्यार्थीको लागि अभिमुखीकरण कार्यक्रम ।

    साउन, १८ गते/ काठमाडौँ- सानोभर्‍याङस्थित कामना इन्टरनेशनल स्कुल/कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शनिवार ढुङ्गेधारास्थित एक प्यालेसमा आयोजित एक कार्यक्रमका बिच स्कुल/कलेजले आफ्ना विद्यार्थीहरूका लागि  अभिमुखीकरण कार्यक्रम सप्पन्न हो।

    IMG_5935~2.JPG

    कामना इन्टरनेशनल स्कुल/कलेजका अध्यक्ष पदम प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौँ महानगरपालिकाका निमित्त शिक्षा बिभाग प्रमुख केशव ज्ञावाली प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा चर्चित उत्प्रेरक वक्ता इश्वर श्रेष्ठ, क्याम्पस प्रमुख महेश श्रेष्ठ, लगाएत बिभागिय प्रमुखहरु तथा शिक्षक अभिभावकहरुको उपस्थिती रहेको थियो।

    IMG_5798~2.JPG

    अभिमुखीकरण कार्यक्रम र कामना इन्टरनेशनल स्कुल/कलेज बारे जानकारी गराउँदै क्याम्पस प्रमुख महेश श्रेष्ठले जीवनको नयाँ यात्रामा एउटा पाइला चाल्दै गरेका विद्यार्थीहरूले सही निर्णय गरेको र कामनाबाट निस्किँदा आफ्नो रुचि र क्षमता भएको क्षेत्रको नेतृत्वकर्ता भएर निस्कने बताउनुभयो। उहाँले कामनाले शिक्षित मात्रै बनाउने नभई सर्वपक्षीय विकास गर्ने र ‘लर्नर’ बाट ‘लिडर’ बनाउने उहाँको भनाई थियो।

    IMG_5949.JPG

    उत्प्रेरक वक्ता इश्वर श्रेष्ठले विद्यार्थीहरुले आमाबुबाको सपना र स्वयं आफ्नै सपना साकार पार्न कक्षा ११ र १२ मा अनुशासित डंगले पढ्नुपर्ने बर्ने बताउनुभयो । उहाँले ज्ञान हासिल गर्म स्वयं अनुशासनमा बस्नुपर्ने बताउनुभयो। श्रेष्ठलेले कलेजले संस्कार, संस्कृति र नैतिकतासहितको शिक्षा सिकाउनुपर्ने आवश्यकता रहेकोले कलेजले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो।

    IMG_5867.JPG

    कार्यक्रमका प्रमुख अतिथि केशव ज्ञावालिले आमन्त्रणका लागि कामनालाई धन्यवाद दिनुभयो। कामना स्कुल/कलेजले आफ्ना विद्यार्थी सँग भएका क्षमतालाई विकास गरेर उसको करियर बनाउन मद्दत गर्ने उल्लेख गर्दै ज्ञावालिले विद्यार्थीलाई कुनै दिन आफ्नो रोजाई सही रहेछ भनेर गर्व गर्ने वातावरण बनाउने बताउनुभयो।

    IMG_5927~2.JPG

    कार्यक्रम समापन गर्दै कामना इन्टरनेशनल स्कुल/ कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापति पदम प्रसाद भट्टराईले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै नव आगन्तुक विद्यार्थीलाई कलेजमा स्वागत गरे। भट्टराईले कलेजलाई विश्वास गरेर भर्ना भएका विद्यार्थीलाई धन्यवाद दिँदै त्यो विश्वास गुम्न नदिने प्रतिज्ञा गरे।

    IMG_5956~2.JPG

    अभिमुखीकरण कार्यक्रममा लक्ष्मीकान्त खनालले स्वागत मन्तव्य दिनुभयो।

    उक्त कार्यक्रम कामना प्रिन्सिपल नवराज पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभयो। प्रिन्सिपल पाण्डेले नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै, जुनसुकै विषय अध्ययन गरे पनि असल, सक्षम र योग्य व्यक्तित्व निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई शैक्षिक यात्रा मात्र नभई जीवनका सबै आयाममा सफल बन्न प्रेरित गर्नुभयो।

    IMG_5942~2.JPG

    कामना इन्टरनेशनल स्कुल/कलेजले आगामी साउन २१ गतेबाट कक्षा ११ को पठनपाठन शुरु गर्ने जानकारी दिएको छ।

    IMG_5973.JPGIMG_5888.JPGIMG_5906.JPGIMG_5847.JPG

    images
    आइतवार, श्रावण १९ २०८२०३:१८:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार