Aug 13 2026 | २०८३, श्रावण २८ गते

भदौ दोस्रो सातादेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

भदौ दोस्रो सातादेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

  • 1.1K
    SHARES

  • भदौ दोस्रो सातादेखि आन्दोलनमा जाने शिक्षक महासंघको निर्णय

    साउन, २२ गते/ काठमाडौँ। नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको तयारी थालेको छ । शिक्षा विधेयकमा शिक्षकसंग भएको सहमति अनुसार बुँदाहरु नसमेटिएको भन्दै महासंघले भदाैँ दोस्राे हप्ताको प्रारम्भबाट आन्दोलन गर्ने घाेषणा गरेकाे हो।

     महासंघले सहमति भएको दिनदेखी समग्र परिस्थितिको समिक्षा गर्दा सरकार शिक्षककर्मचारीको पक्षमा नभएकोले आन्दोलनमा जाने घोषणा गरेको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो। अध्यक्ष सुवेदीले भदौँ ३ र ४ गतेको राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बसेपछि आन्दोलनको खाका सार्वजनिक गर्ने पनि बताउनुभयो।

    आन्दोलन परिचालन समितिले खाँका तयार पारेर राष्ट्रिय समितिले पारित गरेपछि पत्रकार सम्मेलन गरी आन्दोलनको विवरण बारे जानकार सुवेदीको भनाइ छ। 'हामी पहिला बैठक बस्छौँ त्यसपछि भदौँ दोस्राे हप्ताको प्रारम्भबाट गरिने आन्दोलन बारे पत्रकार सम्मेलन गराई जानकारी दिन्छौँ।' सुवेदीले भन्नुभयो।

    यसअघि महासंघले यही साउन २१ गतेसम्म ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको थियो। तर सरकारले सो समयसीमासम्म ऐन ल्याउन नसकेपछि महासंघको आज बबरमहलमा बसेको बैठकले आन्दोलनमा उत्रने निर्णय गरेको हो।

    महासंघको बैठकमा सहभागी शिक्षक नेताहरूले अब आन्दोलनमा जानैपर्ने निष्कर्षमा पुगेको जनाएका छन्। बैठकमा सहभागी संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) का महासचिव भूपाल उप्रेतीले भदौको पहिलो हप्तामा महासंघको पूर्ण बैठक बस्ने र उक्त बैठकले आन्दोलनको मिति तोक्ने जानकारी दिए।

    उनले भने,‘आगामी भदौको पहिलो हप्ता महासंघको पूर्ण बैठक बस्छ। त्यसअगाडि नै आन्दोलनको मोडालिटी तय हुन्छ। त्यसबीचमा वार्ता, छलफल र पक्षीकरणका प्रयासहरू पनि गरिनेछ। तर अब आन्दोलनमा जानुपर्ने निष्कर्षमा हामी पुगिसकेका छौं।’

    महासंघले यसअघि विद्यालय शिक्षा ऐनमा शिक्षकको पेसागत सुरक्षासँग सम्बन्धित बुँदाहरू समावेश गर्न माग गर्दै सरकारलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको थियो।

    images
    बिहिवार, श्रावण २३ २०८२०८:०६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार