Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै -

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै -

  • 581
    SHARES

  • शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै -

    भदौ, ५ गते/ काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ। बिहिबार बिहान ८ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो।

    बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदन समितीबाट पास गर्ने तयारी रहेको छ।

    यसअघि उपसमितिको प्रतिवेदन अध्ययनको लागि सांसदहरूलाई दुई दिनको समय दिइएको थियो ।सांसदहरूले अध्ययन गरेपछि समितिको बैठक बोलाइएको हो ।

    विधेयकमा शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् । निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवासीय सुविधा र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द नराख्न दबाब दिएका छन् । र आजबाट आन्दोलन गर्ने घोषणा गतिसकेका छन् । प्याब्सन, एनप्याब्सन र हिसानले ८ गतेसम्म माग पुरा नभए ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    तर समितिका सदस्यहरू छात्रवृत्तिमा आवसीय सुविधा राख्नुपर्ने पक्षमा छन् ।

    शिक्षक महासंघले पनि भदौ दोस्रो साताबाट आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघले ५ भदौमा पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनबारे धारणा सार्वजनिक गर्ने जनाएको छ । शिक्षक महासंघले आवधिक बढुवा, अस्थायी प्रकृतिका शिक्षक, कर्मचारी, ईसीडी लगायतमा सहमति अनुसार नभएको बताउँदै आएको छ ।

    images
    बिहिवार, भाद्र ५ २०८२०६:२१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार