Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित : माओवादी सहित तीन दलको फरक मत ।

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित : माओवादी सहित तीन दलको फरक मत ।

  • 875
    SHARES

  • विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित : माओवादी सहित तीन दलको फरक मत ।

    काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको छ ।

    माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत पेश गरेपनि विधेयक पारित गरिएको हो। माओवादी केन्द्रका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने रास्वपाका सांसद सुमना श्रेष्ठ र राप्रपाका सांसद बिना जैसवालले फरक मत राखेका हुन् ।

    फरक मत राख्नेमा माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति सम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णय बमोजिम समावेश गर्नुपर्ने लगायत ५ बुँदे फरक मत राखेको छ ।

    त्यस्तै रास्वपाले पूर्ण छात्रवृत्ति आवास सहितको व्यवस्था हुनुपर्ने लगायत ३ बुँदे फरक मत राखेको छ । रास्वपाकी सांसद सुमना श्रेष्ठले विधेयकमा पार्टीको तर्फबाट फरक मत राखेकी हुन् ।

    राप्रपाले भने निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने भन्नेमा फरक मत राखेको छ । राप्रपाकी सांसद बिना जैसवालले पार्टीको तर्फबाट फरक मत पेस गरेकी हुन् ।

    विधेयकमा लामो समयदेखि विवाद हुँदै आएको आवासीय विद्यालयमा छात्रवृतिको विषय पनि टुंगो लगाएको छ । जसमा सरकारले साढे २ प्रतिशत छात्रवृति प्रस्ताव गरेकोमा ३ प्रतिशतमा सहमति भएको छ । बिहीबार पारित विधेयक आगामी प्रतिनिधि सभा बैठकमा पेश गर्ने समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए । उनका अनुसार उक्त विधेयक समितिमा करिव ९ महिना अघि २०८१ मंसिरमा आएको थियो ।

    images
    बिहिवार, भाद्र ५ २०८२०४:२२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार