Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षा समितिका सदस्यलाई सुरक्षा थ्रेट ।

शिक्षा समितिका सदस्यलाई सुरक्षा थ्रेट ।

  • 623
    SHARES

  • शिक्षा समितिका सदस्यलाई सुरक्षा थ्रेट ।

    भदौ, ५ गते/ काठमाडौं । प्रनितिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकको सन्दर्भमा समितिका सदस्यहरूलाई भौतिक कारबाहीसम्मको धम्की आएकोबारे सरकारलाई जानकारी गराएको छ । बिहीबार विधेयक पारित गर्ने क्रममा उपसमितिका संयोजक समेत रहेका एमाले सांसद छविलाल विश्वकर्माले सांसदहरूलाई धम्की आएकोबारे जानकारी गराएका हुन्।

    ‘भौतिक कारबाही सम्मको म्यासेज छ । समिति र सरकारले थाहा पाउनुपर्छ,। ‘कसैको प्रभावमा नपरी प्रलोभनमा आकर्षित नभएर ऐन कानुन बनाउने सन्दर्भमा यस्तो खालको विषय आएको छ । सांसद विश्वकर्माले भने।

    विश्वकर्माले त्यस कुराको जानकारी दिएलगत्तै शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले गम्भीरतापूर्वक निगरानी गर्न सरकारलाई निर्देशन दिए।

    ‘थ्रेट नभएको होइन । होसियारपूर्वक हिँड्न पर्ला भनेर म्यासेज आएको छ । सरकारले निगरानी गम्भीरतापूर्वक गरोस् । सबै सरोकारवालको कुरा सुनेका छौं । तर सानो कुरा पुगेन भनेर सबै माननीयलाई थ्रेट आएको छ ,’ सभापति थापाले भने ।

    समितिबाट बिहीबार विद्यालय शिक्षा विधेयक पारित भएको थियो । विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघ र निजी विद्यालयले आन्दोलनको घोषणा गरेको छ ।

    images
    बिहिवार, भाद्र ५ २०८२०८:५९:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार