Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान अन्तर विद्यालय पावर पोइन्ट प्रिजेन्टेसन सम्पन्न

सान अन्तर विद्यालय पावर पोइन्ट प्रिजेन्टेसन सम्पन्न

  • 997
    SHARES

  • सान अन्तर विद्यालय पावर पोइन्ट प्रिजेन्टेसन सम्पन्न

    भदौ, १४ गते/ काठमाडौं । “युवा र नेतृत्व विकास : सम्भावना, चुनौती र अवसर”  भन्ने शीर्षकमा अन्तर विद्यालय स्तरीय पावर पोइन्ट प्रिजेन्टेसन (PowerPoint presentation Competition) प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार सान अन्तर्गतका सदस्य विद्यालयका विद्यार्थीहरुले "युवा र नेतृत्व विकास : सम्भावना, चुनौती र अवसर” आफ्ना विचार र प्रस्तुतीकरण राखेका थिए ।

    IMG-20250830-WA0118.jpg

    विद्यार्थीहरुले प्रस्तुतीकरणमार्फत नेतृत्व विकासमा शिक्षा, प्रविधि, सामाजिक चेतना र नवीन सोचको महत्वबारे प्रकाश पारेका थिए । भविष्यमा युवाले सामाजिक परिवर्तन र समृद्ध नेपाल निर्माणमा गर्न सक्ने योगदानबारे चर्चा गरेका थिए।

    उक्त प्रतियोगिताका निर्णायक मण्डलका अनुसार विद्यार्थीहरुले प्रस्तुत गरेका विषयवस्तु गहन, सन्देशमूलक र व्यावहारिक रहेका थिए ।

    FB_IMG_1756561764128.jpg

    उक्त प्रतियोगितामा प्रथम स्थान, अन्नपुर्ण विद्या सदनले हासिल गर्यो। त्यस्तै पिपल्स फ्रेण्डसिप स्कुलले द्वितीय स्थान,  अभ्यास पाठशालाले तृतीय स्थान र फ्युचर स्टार, वाटिका स्कूल तथा कामना इन्टरनेशनल स्कूलले सान्त्वना स्थान हासिल गरे। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20250830-WA0129.jpg

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण वहादुर कुंवर   यस खालको प्रतियोगिता पहिलोपटक देखेको र यसले विद्यार्थीमा खोजमुलक अध्यायनको विकास गर्दे समग्र शिक्षण सिकाइमा मद्दत पुग्ने धारणा राख्नुभयो।

    IMG-20250830-WA0126.jpg

    आजको डिजिटल युगमा हाम्रा सिकाई पनी सोही अनुसार भएनन भने विद्यार्थीको सिकाइमा गुणात्मकता नआउने हुदॅा सानले पनि सृजनशील खालको यो कार्यक्रम आयोजना गरेको सानका अध्यक्ष दिलिप रेग्मिले बताउनुभयो ।

    प्रतियोगितामा सानका उपाध्यक्ष प्रकाश मरासिनीले स्वागत मन्तव्य दिनुभयो। त्यसैगरी सानका सचिव वावुराम गौतम र सल्लाहकार युवराज बस्ताकोटिले मन्तव्य दिनुभयो। कार्यक्रममा बोल्दै वक्ताहरुले युवामा नेतृत्व क्षमता अभिवृद्धि गर्न यस किसिमका प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

    FB_IMG_1756561772028.jpg

    कार्यक्रममा सानका पदाधिकारी, सल्लाहाकार र सदस्यहरूको उपस्थिति थियो। चलन चल्तिका प्रतियेगिता भन्दा फरक खालको कार्यक्रम चलाएर सानले विद्यार्थीलाइ सृजनशिल र खोजमुलक वनाउॅदै Desital Device को प्रयोग लाइ कसरी शिक्षामा जोड्न सकिन्छ भन्ने एउटा राम्रो सकारात्मक सन्देश दिएको छ ।

    IMG-20250830-WA0139.jpgIMG-20250830-WA0115.jpgIMG-20250830-WA0140.jpg

    images
    शनिवार, भाद्र १४ २०८२०७:२४:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार