Aug 14 2026 | २०८३, श्रावण २९ गते

आन्दोलनरत निहत्था विद्यार्थीमाथीको बर्बर दमन, लोकतन्त्रको हत्या हो। - नेविसंघ

घटनाको जिम्मेवारी लिदै प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिनुपर्छ- नेविसंघको ।

घटनाको जिम्मेवारी लिदै प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिनुपर्छ- नेविसंघको ।

  • 345
    SHARES

  • घटनाको जिम्मेवारी लिदै प्रधानमन्त्री ओलीले पदबाट राजिनामा  दिनुपर्छ- नेविसंघको ।

    २४, भदौ/ काठमाडौँ। नेपाल विद्यार्थी संघले भदौ २३ मा Gen Z हरुको आन्दोलनमा भएको दमन प्रती खेद प्रकट गर्दै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने माग गरेको छ। युवापुस्ता (Gen-z) द्वारा आयोजित देशव्यापी प्रदर्शनको क्रममा भएको सरकारको बर्बर दमनप्रति नेपाल विद्यार्थी संघले यस्तो माग गरेको हो।

    भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म बालबालिका र विद्यार्थी समेत गरेर १९ जनाको ज्यान गएको र पत्रकार सहित कयौं घाइते भएकोप्रती नेविसंघले दुख व्यक्त गरेको छ।

    लोकतन्त्रमा सार्वभौम जनताले आफ्नो अधिकार प्राप्तिका लागि सडकमा उत्रिनु र आन्दोलनमा सहभागी हुनु स्वाभाविक हो। नेविसंघले भनेको छ, 'मानव अधिकारको न्यूनतम मूल्यमान्यता समेतबाट बेखबर सरकारको आदेशको आडमा शान्ति-सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थी माथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको छ।'

    संघले हिजोको घटनाको पूर्ण जिम्मेवारी लिँदै मन्त्रिपरिषद्‌का अध्यक्ष प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन जोडदार माग गर्दछौं। बिज्ञप्तिमा भनेको छ।

    साथै युवा विद्यार्थीले उठाएका जायज माग पूरा गर्न भ्रष्टाचार निर्मूल गर्ने उद्देश्यले स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सशक्त बनाई भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न जोडदार माग समेत गरेको छ।

    त्यसैगरी आजको प्रदर्शनमा प्रशासनिक शक्तिको चरम दुरुपयोग गर्दै मानव अधिकार उल्लङ्घन गर्ने गरी आदेश दिने गृहमन्त्री, गृह प्रशासनका कर्मचारी र तत्कालीन जिम्मेवारीमा रहेका प्रहरी प्रशासनको नेतृत्व उपर आवश्यक छानबिन गरी कडा भन्दा कडा कारबाहीको पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गर्दछौं नेविसंघले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।

    FB_IMG_1757389771841.jpg

    images
    मंगलवार, भाद्र २४ २०८२०९:५२:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार