शनिवार, भाद्र २८ २०८२
२८ भदौ, काठमाडौँ। भोलिदेखि धेरै स्कुल/कलेजमा पढाई सुरु हुने भएको छ । नयाँ सरकार गठनसँगै काठमाडौँ लगायत देशभरको जनजीवन सामान्य बन्दै गएपछि बन्द गरिएका विद्यालयहरू भोलिदेखि खोल्ने तयारी गरेका हुन् ।
भदौ २३ गतेबाट शुरु भएको जनेजी पुस्ताको आन्दोलनका कारण सिर्जना भएको विषम परिस्थितिका कारण देश भरका विद्यालयमा पठनपाठन बन्द गरिएको थियो ।
भदौ २६ गते पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठनसँगै देशको अवस्था सामान्य बन्दै गरको र सर्वसाधारण समेत दैनिकीमा फर्किएका छन् । यसैगरी केही विद्यालयहरूले आइतवार देखिनै कक्षा वा परीक्षा सञ्चालन गर्ने सूचना अभिभावकहरूलाई पठाएका छन् भने केहीले सोमवार देखी हुने सूचना पठाएका छन् ।
काभ्रेको भुम्लु गाउँपालिका, नवलपरासी ९पूर्व०को मध्यविन्दु नगरपालिका र स्याङ्जाको भीरकोट नगरपालिकाले आइतवारदेखि विद्यालय तथा संघ संस्थाहरू सुचारु हुने जनाएका छन् । परिस्थिति सहज बन्दै गएकोले विद्यालयहरू नियमित रूपमा सुचारु गरिने भएको छ ।