Aug 13 2026 | २०८३, श्रावण २८ गते

आजबाट देशभर बिद्यालय खुल्दै ।

आजबाट देशभर बिद्यालय खुल्दै ।

  • 583
    SHARES

  • आजबाट देशभर बिद्यालय खुल्दै ।

    २९ भदौ, काठमाडौँ। गत २३ र २४ गते भएको Gen Z आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिले बन्द भएका विद्यालय/कलेजहरु खुल्ने भएका छन् । नयाँ सरकार गठनसँगै काठमाडौँ लगायत देशभरको जनजीवन सामान्य बन्दै गएपछि बन्द गरिएका विद्यालयहरू आजबाट खोल्ने तयारी गरेका हुन् ।

    भदौ २३ गतेबाट शुरु भएको जनेजी पुस्ताको आन्दोलनका कारण सिर्जना भएको विषम परिस्थितिका कारण देश भरका विद्यालयमा पठनपाठन बन्द गरिएको थियो ।

    भदौ २६ गते पूर्व प्रधानन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठनसँगै देशको अवस्था सामान्य बन्दै गरको र सर्वसाधारण समेत दैनिकीमा फर्किएका छन् । विद्यालयहरूले आइतवार देखिनै कक्षा वा परीक्षा सञ्चालन गर्ने सूचना अभिभावकहरूलाई पठाएका छन् भने केहीले सोमवार देखी हुने सूचना पठाएका छन् ।

    काठमाडौँ महानगरपालिकाले आज वाट विद्यालय खोल्ने र परिस्थिति हेरेर भोलिबाट पठनपाठन शुरुगर्न सुचित गरेको छ। त्यसैगरि निजि विद्यालय संचालक हरुको छाटा संगठन प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन लगाएतले सुचना जारी गर्दै आजबाट पठनपाठन शुरु गर्न अनुरोध गरेका छन्। प्याब्सन काठमाडौँ जिल्लाले आज सुरुवातमा एक मिनेट मौनधारण गरि विद्यालय संचालन गर्ने अध्यक्ष नवराज भट्टले जानकारी दिनुभयो।

    images
    आइतवार, भाद्र २९ २०८२०७:१६:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार