Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षामन्त्री पुनका सिटिइभिटिलाई ४ निर्देशन ।

शिक्षामन्त्री पुनका सिटिइभिटिलाई ४ निर्देशन ।

  • 470
    SHARES

  • शिक्षामन्त्री पुनका सिटिइभिटिलाई ४ निर्देशन ।

    १०, असोज/ काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी) लाई कार्यान्वयनको लागि चार निर्देशन दिनुभएको छ।

    मन्त्री पुनले सामाजिक सञ्जाल फेसबुकमा राख्‍दै सीटीईभीटीलाई तत्कालय कार्यान्वयन गर्न चार वटा निर्देशन दिनुभएको हो।

    महाबिर पुनले CTEVT को बैठकमा तुरुन्त कार्यान्वयनको लागि अध्यक्षका हैसियतले दिएका निर्देशनहरू यस्तो रहेका छन।

    • मौजुदा पाठ्यक्रमलाई सुधार गरि नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्त भित्र पेश गर्ने ।

    • एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल ३ महिना भित्र अनिवार्य रुपमा प्रकाशन गर्ने व्यवस्था गर्ने ।

    • CTEVT कार्यालयमा विद्यार्थी, अविभावक र शिक्षकहरूको गुनासो सुन्ने र प्राप्त गुनासो को अभिलेखिकरण/ सम्वोधन गर्ने शाखा तुरुन्त बनाउने र सञ्चालनमा ल्याउने।

    • २०६९ साल देखि अहिलेसम्म सम्बन्धनको लागि प्राप्त भएका सम्पूर्ण आवेदनहरु छानविन गरि असोज मसान्त भित्र रिपोर्ट पेश गर्ने र सम्बन्धन दिने नदिने निर्णय तुरुन्त गर्ने।

    यसअघि मन्त्री पुनले त्रिविलाई तीनमहिनाभित्र विद्यार्थीले दिएको परीक्षाको नतिजा प्रकाशन नगरे अनुदान रोक्‍ने चेतावनी दिनुभएको थियो ।

    images
    शुक्रवार, आश्विन १० २०८२०७:०७:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार