Aug 14 2026 | २०८३, श्रावण २९ गते

पार्टी युवामैत्री बनाउन माग गर्दै कांग्रेस मुख्यालयमा नेविसंघको धर्ना

पार्टी युवामैत्री बनाउन माग गर्दै कांग्रेस मुख्यालयमा नेविसंघको धर्ना

  • 434
    SHARES

  • पार्टी युवामैत्री बनाउन माग गर्दै कांग्रेस मुख्यालयमा नेविसंघको धर्ना

    २५ असोज, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले युवामैत्री कांग्रेस निर्माण गर्न माग गर्दै पार्टी कार्यालयमा धर्ना दिएका छन्। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका केही सदस्यहरूले युवामैत्री कांग्रेसको माग गर्दै धर्ना दिएका हुन् ।

    उनीहरूले पार्टी हरेक पदमा ४० प्रतिशत युवा सुनिश्चित गर!, परिमार्जन बिनाको महाधिवेशन मान्य हुँदैन!, कांग्रेसको विधान परिवर्तन गर!, युवालाई क्रियाशील विधान संशोधन अनि मात्र अधिवेशन!, कि सरकार कि पार्टी, एक व्यक्ति एक पद लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरू पनि कांग्रेस मुख्यालय पुगेका थिए।

    धर्ना कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य आकाश उप्रेतीले पार्टी कार्यालयमा युवा उमेर समूहका व्यक्तिहरूले पदाधिकारी र कार्य सम्पादन बैठकको पूर्वसन्ध्यामा पार्टीले लिने दिशा र युवाको भूमिकाबाट पार्टीसम्म आफूहरूको धारणा पुगोस् भनेर धर्ना दिएको बताए ।

    पार्टीमा युवाहरूको क्रियाशील सदस्यहरूको संख्या ३० प्रतिशतसम्म पुर्‍याउनुपर्यो । पार्टीमा युवाहरूको प्रवेश सहज नबनाई युवा शब्दको सार्थकता दिन नसक्ने उनको भनाई छ। युवामैत्री, चलायमान युवा संगठनका लागि विधान संशोधन अनिवार्य रहेको नेता उप्रेतीलेब बताए ।

    सबै तहका निर्वाचनहरूमा कम्तिमा ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक रूपमा अघि बढाउनुपर्ने व्यवस्था विधानमै उल्लेख गर्नुपर्ने माग उनिहरुको छ।

    नेता उप्रेतीले जेनजी आन्दोलनपश्चात नेपाली कांग्रेसले आम युवाको विचारलाई पार्टी संगठनमा अटाउने, आम युवाको लागि कांग्रेस खुला छ भन्ने सन्देश दिन सक्नुपर्ने समेत बताए ।

    images
    शनिवार, आश्विन २५ २०८२०२:१२:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार