Aug 13 2026 | २०८३, श्रावण २८ गते

चन्द्रपुर नगरपालिका– शिक्षाकर्मीको तीन महिनाको तलब सुनिश्चित, बाँकी असोजसम्म भुक्तानी गर्न माग

चन्द्रपुर नगरपालिका– शिक्षाकर्मीको तीन महिनाको तलब सुनिश्चित, बाँकी असोजसम्म भुक्तानी गर्न माग

  • 458
    SHARES

  • चन्द्रपुर नगरपालिका– शिक्षाकर्मीको तीन महिनाको तलब सुनिश्चित, बाँकी असोजसम्म भुक्तानी गर्न माग

    ध्रुब सिग्देल, संयोजक, बौद्धिक शिक्षक समूह, चन्द्रपुर, रौतहट । लामो समयदेखिको निरन्तर पहल र अथक प्रयासपछि आज चन्द्रपुर नगरपालिकामा सम्पन्न सर्वपक्षीय बैठकबाट नगर स्वयंसेवक शिक्षक, बाल विकास सहजकर्ता, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीहरूको तीन महिनाको तलब भुक्तानी सुनिश्चित भएको छ।

    Business Suite_creation_810449468361403.jpeg

    नगर शिक्षा शाखाको संयोजनमा सम्पन्न उक्त बैठकमा नगर शिक्षा अधिकारी श्री दिपेन्द्र मण्डल, श्री जुना तिमल्सिना, वडा नं. १ का वडा अध्यक्ष श्री बलराम राउत, वडा नं. ६ का वडा अध्यक्ष श्री सहदेव केसी लगायत सम्पूर्ण शिक्षक र कर्मचारीहरूको सक्रिय उपस्थिति रहेको थियो।

    बैठकमा छलफलका क्रममा नगरपालिका बाध्य भई हाललाई तीन महिनाको मात्रै तलब निकासा गर्ने सहमति जनाएको स्पष्ट गरिएको छ। सो अवसरमा वडा नं. १ का अध्यक्ष श्री बलराम राउतज्यूले “स्वतः पाउनुपर्ने तलब माग्दै दौडधूप गर्नुपर्नु लाजको विषय हो” भन्दै शिक्षाकर्मीहरूको माग न्यायसंगत र यथार्थपरक रहेको बताउनुभयो। त्यस्तै गरि वडा नम्बर ६ का प्रमुख ले पनि राम्रो सहजिकरण गर्नु भएकोम हार्दिक आभार ब्यक्त गर्दछु।

    बैठकमा शिक्षासम्बन्धी निर्णयहरू( परीक्षा सम्बन्धी, क्यालेन्डर निर्माण,लगएत अन्य) गर्दा शिक्षा शाखाले सीमित व्यक्तिको सल्लाहमा अरू माथि निर्णय थोपर्ने परिपाटीप्रति असन्तुष्टि व्यक्त गर्दै, अब यस्ता अभ्यास दोहोरिएमा शाखा स्वयं जिम्मेवार हुने चेतावनीसहित स्मरण गराइएको छ।

    त्यस्तै, २५ गतेभित्र हरेक महिनाको तलब समयमै भुक्तानी हुने व्यवस्था मिलाउन र केन्द्र सरकारबाट पहिले नै प्राप्त रकमको प्रयोगमा ढिलाइ नगरी IEMIS प्रणालीमार्फत स्वचालित रूपमा भुक्तानी सुनिश्चित गर्न माग गरिएको छ।

    यसैगरी, बाल विकास सहजकर्ताहरूको हकमा राज्यबाट पठाइएका रकममा पालिकाले थप अनुदान प्रदान गरी तत्काल भुक्तानी दिनु पर्ने माग पनि जोडदार रूपमा उठाइएको छ। सो मागको सम्बोधन नभए त्यसको सम्पूर्ण जिम्मेवारी नगरपालिका स्वयंमाथि रहने चेतावनी समेत दिइएको छ।

    शिक्षक र कर्मचारीहरूले असोज महिनासम्म सम्पूर्ण तलब–भत्ता भुक्तान गर्न नगरपालिकालाई जोडदार माग गर्दै, आवश्यकता परे थप दबाबमूलक कार्यक्रम ल्याउने संकेत समेत गरेका छन्।

    अन्त्यमा, आजको भेलालाई “सेफ ल्याण्डिङ”सम्म पुर्‍याउन सहयोग र साथ प्रदान गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, प्रतिनिधि तथा सरोकारवालाप्रति बौद्धिक शिक्षक समूह, चन्द्रपुर तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

     

    images
    सोमवार, कार्तिक ४ २०८२०८:५६:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार