Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकहरुले कार्य सम्पादन मूल्यांकन फाराम असार भित्र पठाइसक्नुपर्ने: यसरी भर्नुस फारम !

शिक्षकहरुले कार्य सम्पादन मूल्यांकन फाराम असार भित्र पठाइसक्नुपर्ने: यसरी भर्नुस फारम !

  • 1.8K
    SHARES

  • शिक्षकहरुले कार्य सम्पादन मूल्यांकन फाराम असार भित्र पठाइसक्नुपर्ने: यसरी भर्नुस फारम !

    काठमाडौं – शिक्षक सेवा आयोगले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मुल्याङकन फारम २०७८ असार १ गते देखि ३० गते भित्र भरी पठाउन सूचित गरेको छ ।

    कोभिड-१९ को कारण विषम परिस्थिति सिर्जना भई विद्यालयहरुमा पठनपाठन कार्य सञ्चालनमा गतिरोध उत्पन्न भएको कारण नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक सत्र २०७७ को विद्यालय तहको पठनपाठन २०७८ जेष्ठ मसान्तभित्र सम्पन्न गरी आगामी शैक्षिक सत्र २०७८ असार एक गतेबाट शुरु हुने भएकोले शैक्षिक सत्र २०७७ को कार्य सम्पादन मूल्यांकन फाराम आगामी असार १ गते देखि ३० गते सम्म भर्न भराउन सम्बन्धित सबैलाई आयोगले सूचित गरेको हो ।

    शिक्षक सेवा आयोग नियमावली, २०१७ (संशोधनसहित) को नियम २२ घ,को उपनियम (७) मा सम्बन्धित शिक्षकले शैक्षिक सत्र शुरु भएको मितिले तीस दिनभित्र कार्य सम्पादन मूल्याकन फाराममा आफूले भनु पर्ने विवरण भरी सम्बन्धित विद्यालगमा दर्ता गरी प्रधानाध्यापकलाई बुझाउनु पर्ने व्यवस्या रहेको हुँदा शैक्षिक सत्र २०७७ को शिक्षकको कार्य सम्पादन मुल्याङकन फारम २०७८ असार १ गते देखि ३० गते भित्र भरी पठाउन शिक्षक सेवा आयोगले २०७७ चैत ३० गते नै सूचना मार्फत सबैलाई जानकारी गराएको छ । 

    शिक्षकहरुले कार्य सम्पादन मूल्यांकन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरु यस्तो छन ।

    १. केरमेट गर्न नहुने,

    २. टिपेक्स प्रयोग गर्न नहुने,

    ३.विद्यालयको छाप ,

    ४. दर्ता नम्बर,

    ५. संकेत नम्बर,

    ६.तह, श्रेणी,

    ७. शिक्षक वा प्रअ स्पष्ट खुल्नु पर्ने,

    ८.कार्यमूलक अनुसन्धान अनिवार्य,

    ९.विषेश जिम्मेवारी प्राप्त पत्रको प्रतिलिपी,

    १०.कस्को सिफारिस कस्ले गर्ने ? क) शिक्षकको प्रअले, ख) प्रअ,प्रअ समान शिक्षक र माथिल्लो श्रेणीको शिक्षकको हकमा शिक्षा शाखा प्रमुखले ।

    ११. कस्को सुपरिवेक्षक को हुने ? क) शिक्षकको हकमा प्रअले । ख) प्रअ,प्रअ समान शिक्षक र माथिल्लो श्रेणीको शिक्षकको हकमा शिक्षा शाखा प्रमुखले ।

    १२. पुनरावलोकन समितिमा को को रहने ? क) शिक्षकको हकमा : प्रअ, शिक्षा शाखा प्रमुख र शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख । ख) प्रअ,प्रअ समान शिक्षक र माथिल्लो श्रेणीको शिक्षक हकमा : विद्यालय व्यावस्थापन अध्यक्ष, शिक्षा शाखा प्रमुख र शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख ।

    माथिका सबै विवरण अनिवार्य भर्नु पर्नेछ । केरमेट वा टिपेक्स लगायतको गणना हुनेछैन । साथै सम्बन्धित पदाधिकारीहरुको दस्तखत अनिवार्य छ ।

    यस्तो छ फारम को ढाँचा

    Screenshot_20210625-143817_Gallery.jpg

    images
    शुक्रवार, आषाढ ११ २०७८०१:१४:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार