Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक नियुक्ति गर्दा घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

शिक्षक नियुक्ति गर्दा घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

  • 507
    SHARES

  • शिक्षक नियुक्ति गर्दा घुस लिएको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडाैँ - शिक्षक नियुक्ति गर्दा घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। जिल्लाको जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध मुद्दा दायर भएको हो।

    करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। श्री जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादले जिल्ला रौतहट, राजदेवी नगरपालिका वडा नं. ७ वतन भएका अरविन्द प्रकाश साह कानुसँगको मिलोमतोमा माद्यामिक तहको विज्ञान विषयको करार शिक्षक नियुक्तिमा प्रश्नपत्र उपलब्ध गराएर नियुक्ति दिलाइदिने प्रलोभन देखाएर घुस लिएको आयोगको आरोप छ।

    दुवै जनामाथि सोही रकम बराबर बिगो दाबी सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। प्रधानाध्यापकले शिक्षक नियुक्तिमा घुस मागेकाे सूचना पाएपछि अख्तियारले केन्द्रीय कार्यालय टंगालबाट टाेली खटाएको थियाे।

    FB_IMG_1763600651898.jpg

    images
    बिहिवार, मंसिर ५ २०८२०६:५३:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार