Oct 02 2026 | २०८३, आश्विन १६ गते

कीर्तिपुर नगर प्याब्सनको दोस्रो नगर परिषद् भेला सम्पन्न

कीर्तिपुर नगर प्याब्सनको दोस्रो नगर परिषद् भेला सम्पन्न

  • 911
    SHARES

  • कीर्तिपुर नगर प्याब्सनको दोस्रो नगर परिषद् भेला सम्पन्न

    कीर्तिपुर, २०८२ – कीर्तिपुर नगर प्याब्सनको दोस्रो नगर परिषद् भेला सम्पन्न भएको छ। सोमबार दक्षिणकालीस्थित चम्पादेवी रोसोर्टमा सभापति रबि भण्डारीको अध्यक्षता कीर्तिपुर नगर प्याब्सन दोस्रो नगर परिषद भेला - २०८२ सम्पन्न भएको हो।

    IMG-20251125-WA0011.jpg

    भेलामा विभिन्न तहका पदाधिकारी, अतिथी तथा विद्यालय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भेलाका प्रमुख अतिथि प्याब्सनको राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारी रहनुभएको थियो भने सह-अध्यक्ष गोपाल प्रसाद आचार्य, उपाध्यक्ष किशोर गौतम, बागमती प्रदेश प्याब्सन अध्यक्ष मुरारी प्रकाश संजेल, काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्ट, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, उपाध्यक्ष सुर्य बहादुर भन्डारी, सुर्य केसी, आरबी अधिकारी, सचीव कृष्ण भण्डारी, कोषाध्यक्ष डिएन अधिकारी, काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐर लगाएत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

    उक्त कार्यक्रममा सल्लाहकार डा. लाक्पा शेर्पाले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । भने भेला संचालन कीर्तिपुर नगरपालिका प्याब्सन सचीव हरेराम अधिकारीले गर्नुभयो।

    IMG-20251125-WA0007.jpg

    भेलामा प्याब्सन कीर्तिपुर नगर कोषाध्यक्ष बुद्ध महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

    त्यस्तै संगठनात्मक तथा प्रगतिमूलक प्रतिवेदन भेलाका सभापति रबि भण्डारीले प्रस्तुत गर्दै गत आर्थिक वर्षमा १४ वटा बैठक सम्पन्न भएको जानकारी दिनुभयो। प्रतिवेदनमा विभिन्न काम सहजीकरणका लागि प्याब्सन कीर्तिपुरले परीक्षा विभाग, शैक्षिक भ्रमण तथा रिफ्रेसमेन्ट विभाग, अतिरिक्त क्रियाकलाप विभाग, तालिम विभाग तथा र्‍यापिड रेस्पोन्स विभाग गठन गरेको उल्लेख गरिएको छ।

    IMG-20251125-WA0006.jpg

    उक्त भेलामा प्याब्सन कीर्तिपुर नगरपालिकाले प्रहरी चौकी पुनर्निर्माणका लागि २ लाख ६१ हजार रुपैयाँको चेक प्रहरी प्रभाग कीर्तिपुरलाई हस्तान्तरण गरिएको थियो।

    IMG-20251125-WA0010.jpg

    प्रतिवेदनमा कीर्तिपुर नगरमा प्याब्सन सम्बद्ध १७ वटा विद्यालय सदस्यता प्राप्त भइसकेको र यस वर्षभित्र २६ देखि ३० विद्यालयसम्म विस्तार गर्ने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख छ। साथै “एक विद्यालय, एक कार्यक्रम” नीति अपनाइने निर्णय सभामा प्रस्तुत गरिएको छ।

    उक्त भेलामा उक्त भेलामा बोल्दै राष्ट्रिय अध्यक्ष कृष्ण अधिकारीले वर्तमान शैक्षिक पाठ्यक्रम आगामी दशकसम्म टिक्ने स्थितिमा नभएको बताउनुभयो। अध्यक्ष अधिकारीले अहिलेको पाठ्यक्रमले १० वर्षपछि काम नगर्ने स्पष्ट चेतावनी दिनुभयो। युगसापेक्ष शिक्षा विकास गर्नुपर्ने आवश्यकता जोड दिँदै भने, “युग सुहाउने शिक्षाको लागि अहिलेबाटै अहिले बाटै काम गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ।

    IMG-20251125-WA0032.jpg

    अध्यक्ष अधिकारीले निजी क्षेत्र प्रयोगशालाजस्तै रहेकाले निजि लगानीमा सञ्चालन हुने विद्यालय नभए देशको समग्र शिक्षा प्रणाली ठप्प हुने दाबी गर्नुभयो। निजी विद्यालयको योगदानले मात्र शिक्षा क्षेत्रमा प्रतिस्पर्धा, नवप्रवर्तन र गुणस्तर कायम भएको उहाँको तर्क थियो। संगठनको एकता र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, 'हामीले संगठनमा विश्वास गर्नुपर्छ। नेतृत्व विकासका लागि पनि निरन्तर काम गर्नुपर्नेछ।'

    उक्त भेलामा प्याब्सन राष्ट्रिय सह-अध्यक्ष गोपाल प्रसाद आचार्यले संगठनात्मक प्रणालीमा विश्वास गर्ने प्याब्सनले सामूहिकतामार्फत राज्यसँग विभिन्न सम्झौता गर्दै आएको र गुणस्तरीय शिक्षामा निजी क्षेत्रको उपस्थिती अपरिहार्य रहेको धारणा राख्नुभयो।

    IMG-20251125-WA0024.jpg

    त्यसैगरी काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्टले परिषद् भेलाले संगठनलाई जिवन्त बनाउने उल्लेख गर्दै, निजी क्षेत्रले देशमा गुणस्तरीय शिक्षा प्रवाहमा ठूलो योगदान दिएको बताउनुभयो।

    IMG-20251125-WA0026.jpg

    काठमाडौँ महानगर प्याब्सन अध्यक्ष गगन सिंह ऐरले वर्तमान शैक्षिक अवस्थाबारे टिप्पणी गर्दै, “करिकुलम पूर्णरूपमा तयार नहुँदा शैक्षिक गुणस्तर प्रभावित भएको बताउनुभयो।

    IMG-20251125-WA0023.jpg

    उक्त भेलामा बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश संजेल, प्याब्सन केन्द्रीय उपाध्यक्ष किशोर गौतम लगायतका वक्ताहरूले मन्तव्य दिनुभयो।

    IMG-20251125-WA0041.jpg

    भेलामा उपस्थित विभिन्न तह–तहका पदाधिकारी तथा विद्यालय प्रतिनिधिहरूले पनि निजी शिक्षाको भूमिका, पाठ्यक्रम सुधार र शैक्षिक गुणस्तरीयताबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

     

    images
    मंगलवार, मंसिर १० २०८२०८:०६:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार