Oct 02 2026 | २०८३, आश्विन १६ गते

सानद्वारा एसईई विद्यार्थीलाई क्यारियर बूस्ट अप संचालन

सानद्वारा एसईई विद्यार्थीलाई क्यारियर बूस्ट अप संचालन

  • 910
    SHARES

  • सानद्वारा एसईई विद्यार्थीलाई क्यारियर बूस्ट अप संचालन

    काठमाडौँ। स्कुल एसोसिएसन अफ नेपाल (School's Association of Nepal–SAN) ले एसईई २०८२ मा सहभागी हुने विद्यार्थीलाई क्यारियर बूस्ट अप (CAREER BOOST UP PROGRAM - 2082) कार्यक्रम सञ्चालन गरेको छ। मंगलबार सानका अध्यक्ष दिलिप रेग्मीको सभापतित्वमा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख समान्तमणि आचार्य विशिष्ट अतिथि काठमाडौँ महानगर १५ का अध्यक्ष एवं पूर्व महानगरपालिका पालिकाका प्रवक्ता ईश्वरमान डंगोलको उपस्थिति रहेको थियो।

    IMG-20251210-WA0048.jpg

    कार्यक्रममा सानका सचिव बाबिराम गौतमले स्वागत मन्तव्य दिनुभयो। भने उपाध्यक्ष प्रकाश मरासिनीले शुभकामना मन्तव्य दिनुभयो। उक्त कार्यक्रममा मोटिभेसन स्पिकर पृतम आचार्यले विद्यार्थीहरुलाई उत्प्रेरित मन्तव्य व्यक्त गर्नुभयो ।

    IMG-20251210-WA0074~2.jpg

    यतिबेला विद्यार्थीहरु विद्यार्थीहरु बिशेषगरि परिक्षामा के आउँछ र कसरी लेख्ने भन्ने विषयमा चिन्तित हुन्छन् । अनेक विषयहरु मनमा उब्जाएर परिक्षाको तयारीमा जुटेका विद्यार्थीलाई लक्षित गरी SAN ले मोटिभेसन स्पिकर पृतम पौडेलले CAREER BOOST UP तालिम प्रदान गरेको आयोजकले जनाएको छ। उक्त तालिममा सान सम्बद्ध विद्यालयका दुई सयभन्दा बढि विद्यार्थीहरुको उपस्थिति रहेको थिए।

    IMG-20251210-WA0029.jpg

    उक्त तालिममा मोटिभेसन स्पिकर पृतम पौडेलले विद्यार्थीले पढ्ने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । जिवनमा सफल हुने विद्यार्थीले आफ्नो जिवनको लक्ष निर्धारण गर्नुपर्ने बताउनुभयो।

    पौडेलले विद्यार्थीहरुलाई आउने चैतमा हुने एसईई परिक्षाको लागि बाँकी रहेको चार महिना तालिका बनाएर पढ्न उत्प्रेरित गर्नुभयो। उहाँले आफ्नो र आफ्नो बुबाआमाको सपना पूरा गर्न पनि अथक मिहेनत गर्नुपर्ने बताउनुभयो।

    IMG-20251210-WA0007.jpg

    ट्रेनिङमा विद्यार्थीलाई अध्ययनमा आत्मविश्वास जगाउने, समय व्यवस्थापन गर्ने, परीक्षा तयारीका प्रभावकारी उपायहरू अपनाउने तथा जीवनमा सकारात्मक सोच विकसित गर्ने बारेमा पृतम पौडेलले प्रशिक्षण दिनुभयो ।

    उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख समान्तमणि आचार्यले आगामी चैतमा एसईई दिने विद्यार्थीहरुलाई निरन्तर अभ्यास र आत्मअनुशासनमार्फत सफलता हासिल गर्न सकिने सन्देश दिनुभयो।

    IMG-20251210-WA0010~2.jpg

    त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि काठमाडौँ महानगर १५ का अध्यक्ष एवं पूर्व महानगरपालिका पालिकाका प्रवक्ता ईश्वरमान डंगोल विद्यार्थीहरुले सकारात्मक सोच बनाएर पढाई प्रति रुचि बढाउन सकिने बताउनुभयो ।

    IMG-20251210-WA0022.jpg

    कार्यक्रममा सानका सहसचिव रोशन घिमिरे प्रिन्सिपल दिव्यकान्ती स्कुलका प्रिन्सिपल उमाशंकर उपाध्याय फ्युचर स्टार स्कुलका प्रिन्सिपलराज भण्डारी प्रसन्नराज भण्डारी, कामनाका कोर्डिनेटर ग्लोबल भिजनका भाइस प्रिन्सिपल कृष्ण उपाध्याय त्यसैगरी अन्य विशिष्ट समाजसेवीहरुको उपस्थिति रहेको थियो।

    IMG-20251210-WA0059.jpgIMG-20251210-WA0008.jpgIMG-20251210-WA0044.jpg

    images
    बुधवार, मंसिर २५ २०८२०२:२३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार