Oct 02 2026 | २०८३, आश्विन १६ गते

तमानखोला गाउँपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने

तमानखोला गाउँपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने

  • 567
    SHARES

  • तमानखोला गाउँपालिकाले शिक्षकलाई स्थानीय भत्ता दिने

    बाग्लुङ । जिल्लाको तमानखोला गाउँपालिकाले शिक्षकहरूलाई स्थानीय भत्ता दिने भएको छ। तमानखोला गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले आ.व. २०८२/०८३ का लागि शिक्षक स्थानीय भत्ता सम्बन्धी सूचना सार्वजनिक यस्तो जानकारी दिएको हो।

    शुक्रबार जारी सूचनाअनुसार नेपाल सरकार, मन्त्रिपरिषद् (२०७१/०३/२९) र अर्थ मन्त्रालय (२०७१/०४/०२) का निर्देशनअनुसार साविकका गाउँ विकास समितिहरू “घ” वर्गमा परने स्पष्ट व्यवस्था भएकाले सोही आधारमा स्थानीय भत्ता माग गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७१ साउन १२ को मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधि, आ.व. २०८२/०८३ को खण्ड २.२ अनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा करार शिक्षकले वर्षको १०.५ महिनाका दरले स्थानीय भत्ता प्राप्त गर्ने उल्लेख छ।

    साथै सोही व्यवस्था कार्यान्वयनका लागि गाउँपालिकाले दोस्रो त्रैमासिकदेखि देय स्थानीय भत्ता माग गरी शाखामा पठाउन सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई अनुरोध गरेको छ।

    यस्तो छ सूचना ।

    FB_IMG_1765553424282.jpg

    images
    शुक्रवार, मंसिर २७ २०८२०९:३०:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार