Aug 13 2026 | २०८३, श्रावण २८ गते

कपाल लामो भएको भन्दै जथाभावी मुण्डन गर्ने कार्य नगर्न विद्यालयलाई निर्देशन

कपाल लामो भएको भन्दै जथाभावी मुण्डन गर्ने कार्य नगर्न विद्यालयलाई निर्देशन

  • 507
    SHARES

  • कपाल लामो भएको भन्दै जथाभावी मुण्डन गर्ने कार्य नगर्न विद्यालयलाई निर्देशन

    काठमाडौँ/ ३ पुस। काठमाडौँ महानगरपालिकाले कपाल लामो भएको भन्दै जथाभावी मुण्डन गर्ने कार्य नगर्न विद्यालयलाई निर्देशन दिएको छ। बुधबार महानगरको शिक्षा विभागले सामुदायिक र संस्थागत (निजी) विद्यालयलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

    काठमाडौँ महानगरपालिका अन्तर्गतका केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भनि विद्यालयमा जथाभावी मुन्डन गरिदिने कार्यले छात्रलाई मनोवैज्ञानिक असर परेको भनि जन गुनासा प्राप्त भएको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना नहुने गरी आचार संहिता पालना गर्न गराउन हुन महानगरले अनुरोध गरेको छ।

    साथै विद्यालय व्यवस्थापन समितिले विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्ने र नियम १३३ (१) (ट) मा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने भन्ने व्यवस्था समेत रहेको सन्दर्भमा विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने आचार संहिता पालना गर्न समेत सचेत गराएको छ।

    images
    बिहिवार, पौष ३ २०८२०७:३०:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार