Oct 02 2026 | २०८३, आश्विन १६ गते

शैक्षिक प्रमाणपत्रका नाममा चर्को शुल्क विद्यालय अनुगमन गर्न केन्द्रको निर्देशन

शैक्षिक प्रमाणपत्रका नाममा चर्को शुल्क विद्यालय अनुगमन गर्न केन्द्रको निर्देशन

  • 512
    SHARES

  • शैक्षिक प्रमाणपत्रका नाममा चर्को शुल्क विद्यालय अनुगमन गर्न केन्द्रको निर्देशन

    पुष -४/ काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक प्रमाणपत्रका नाममा चर्को शुल्क विद्यालय अनुगमन गर्न निर्देशन दिएको छ।

    शुक्रवार एक सुचना जारी गर्दै केन्द्रले सामुदायिक विद्यालयहरूले विद्यार्थीसँग शैक्षिक प्रमाणपत्र लिँदा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासाप्रति ध्यानाकर्षण अनुगमन गर्न निर्देशन दिएको हो।

    विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा यस्ता गुनासा प्राप्त भएको सन्दर्भमा केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गुनासा आएका विद्यालयहरूको यकिन गरि केन्द्रको नियमानुसार शुल्क असुली भएको हो वा होइन भन्ने विषयमा अनुगमन गरी सोको प्रतिवेदन यस केन्द्रमा पेश गर्न अनुरोध गरेको छ। 

    यस्तो छ सूचना ।

    FB_IMG_1766140616638.jpg

    images
    शुक्रवार, पौष ४ २०८२०४:४५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार