Aug 13 2026 | २०८३, श्रावण २८ गते

पेशागत निरन्तरता र सामाजिक सुरक्षा कोष तत्काल कार्यान्वयन गर्न नेपाल राहत शिक्षक राष्ट्रिय समितिको माग

पेशागत निरन्तरता र सामाजिक सुरक्षा कोष तत्काल कार्यान्वयन गर्न नेपाल राहत शिक्षक राष्ट्रिय समितिको माग

  • 397
    SHARES

  • पेशागत निरन्तरता र सामाजिक सुरक्षा कोष तत्काल कार्यान्वयन गर्न नेपाल राहत शिक्षक राष्ट्रिय समितिको माग

    काठमाडौँ । राहत तथा अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीका लागि आ.ब. २०८१/०८२ को बजेटमा व्यवस्था गरिएको सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइएको छ।

    नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष बिष्णु खत्रीको नेतृत्वमा मंगलबार शिक्षा मन्त्री महावीर पुन र शिक्षा सचिव चुडामणि पौडेल सँग भेट गरी सामाजिक सुरक्षा कोष तत्काल कार्यान्वयन गर्न माग गरेका हुन्।

    भेटका क्रममा समितिले विद्यमान अवस्थामा पेशागत निरन्तरता बाहेक कुनै पनि विकल्प मान्य नहुने स्पष्ट धारणा राखेको जनाएको छ। सामाजिक सुरक्षा कोष कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन शिक्षा सचिव चुडामणि पौडेलले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अण प्रसाद न्यौपानेलाई ‘अन द स्पट’ फोन गर्दै आवश्यक कार्यविधि तयार गरी एक हप्ताभित्र पेश गर्न निर्देशन दिनुभएको छ।

    यस्तै, शिक्षा मन्त्री महावीर पुनले आदरणीय डा. किशोर खत्रीको समन्वयमा राहत तथा अस्थायी प्रकृतिका शिक्षक–कर्मचारीको सामाजिक सुरक्षा कोष कार्यान्वयनका विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको छ। शिक्षामन्त्री पुनले सम्बन्धित विभागमा फोन गर्दा सम्पर्क नहुँदा आफ्नो नम्बर डायरीमा टिपोट गरी विभागसँग समन्वय भएपछि जानकारी गराउने र कार्यान्वयनमा आवश्यक सहयोग गर्ने बचन दिनुभएको समितिले जनाएको छ।

    नेपाल राहत शिक्षक राष्ट्रिय समितिले सामाजिक सुरक्षा कोष कार्यान्वयनलाई शिक्षक–कर्मचारीको अधिकार र भविष्यसँग जोडिएको विषय भएको उल्लेख गर्दै प्रक्रिया छिटो टुंग्याउन सरकारसँग निरन्तर दबाब दिने जनाएको छ।

    images
    मंगलवार, पौष २२ २०८२०८:२३:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार