Oct 02 2026 | २०८३, आश्विन १६ गते

लगातारको सितलहर र चिसो बढेपछि गौरीगंगाका विद्यालयमा ७ दिन बिदा

लगातारको सितलहर र चिसो बढेपछि गौरीगंगाका विद्यालयमा ७ दिन बिदा

  • 473
    SHARES

  • लगातारको सितलहर र चिसो बढेपछि गौरीगंगाका विद्यालयमा ७ दिन बिदा

    काठमाडाैँ । कैलालीको गौरीगङ्गा नगरपालिकाले सात दिन विद्यालय बिदा दिएको छ। लगातारको शीतलहरका कारण चिसो बढेपछि नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको हो।

    केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

    बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो।

     

    images
    बुधवार, पौष २३ २०८२०३:०९:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार