शुक्रवार, माघ ३ २०८२
भक्तपुर । चाँगुनारायण नगरपालिकाले विभिन्न तहका प्रधानाध्यापक छनौटका लागि आवेदन माग गरेको छ। पालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक छनौटका लागि योग्य तथा इच्छुक शिक्षकहरूबाट आवेदन माग गरेको हो।
चाँगुनारायण नगरपालिका शिक्षा नियमावली, २०७४ तथा शिक्षा सम्बन्धी अतिआवश्यकीय कार्यसञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ अनुसार मिति २०८२/१०/०२ गते बसेको प्रधानाध्यापक छनौट तथा व्यवस्थापन समितिको निर्णयअनुसार सूचना प्रकाशित गरिएको जनाएको छ।
सूचना अनुसार विज्ञापन नं. २०८२/८३०१ – आधारभूत तह (कक्षा १–५), विज्ञापन नं. २०८२/८३०२ – आधारभूत तह (कक्षा ६–८) र विज्ञापन नं. २०८२/८३०३ – माध्यमिक तह (कक्षा ९–१२) को लागि प्रधानाध्यापक पदमा दर्खास्त दिन सक्ने छन्।
आवश्यक न्यूनतम योग्यता तथा अनुभव :
कक्षा १–५ का लागि शिक्षा शास्त्र संकायमा बाह कक्षा वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा।
कक्षा ६–८ का लागि शिक्षा शास्त्र संकायमा स्नातक वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा।
कक्षा ९–१२ का लागि शिक्षा शास्त्र संकायमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा। साथै जेष्ठताको अनुभवलाई प्राथमिकता दिइनेछ।
प्रधानाध्यापक छनौटका लागि विद्यालय विकास प्रस्ताव सहित अन्तर्वार्ता लिइने जनाएको छ। इच्छुक ब्यक्तिहरुले दरखास्त दिने अन्तिम मिति २०८२ साल माघ ७ गते (२०८२/११/०७) सम्म तोकिएको छ।
यस्तो छ सूचना ।
