Aug 13 2026 | २०८३, श्रावण २८ गते

अन्तरविद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

अन्तरविद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

  • 501
    SHARES

  • अन्तरविद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

    १०, माघ/ धादिङ । गणित विषयप्रति सकारात्मक धारणा विकास गर्दै उच्चस्तरीय ज्ञान तथा प्रतिस्पर्धात्मक सीप अभिवृद्धि गर्ने उद्देश्यले धादिङ जिल्लामा यस वर्ष पनि जिल्ला स्तरीय अन्तरविद्यालय गणितीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ।

    गणित शिक्षा परिषद जिल्ला शाखा धादिङको आयोजनामा सञ्चालन हुन गइरहेको उक्त प्रतियोगिता आगामी २०८२ फागुन ७ गते बिहीबार बिहान १०ः३० बजे नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय, धादिङबेसीमा हुनेछ। प्रतियोगिता दुई चरण (छनोट तथा प्रतिस्पर्धात्मक) मा सञ्चालन गरिनेछ।

    प्रतियोगितामा प्रत्येक विद्यालयबाट १ जना गणित शिक्षकसहित ३ जना विद्यार्थीको समूहले सहभागिता जनाउनेछन्। सहभागी विद्यालयहरूले २०८२ फागुन १ गतेभित्र अनिवार्य रूपमा नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र, ट्रफी तथा शैक्षिक सामग्री प्रदान गरिनेछ।

    प्रथम हुने समूहलाई नगद रु. ६ हजार, द्वितीयलाई रु. ४ हजार ५ सय, तृतीयलाई रु. ३ हजार तथा सान्त्वना हुने समूहलाई रु. १ हजार ५ सयसहित मेडल, प्रमाणपत्र, ट्रफी र शैक्षिक सामग्री प्रदान गरिने गणित शिक्षा परिषद जिल्ला शाखा धादिङका सचिव उत्तम भट्टले जानकारी दिनुभयो।

    गणित विषयलाई नयाँ ढंगले सिक्ने र सिकाउने प्रेरणा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका गणित शिक्षक र विद्यार्थीहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ।

    FB_IMG_1769258312910.jpgFB_IMG_1769258315384.jpg

    images
    शनिवार, माघ ११ २०८२१०:१७:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार