Aug 13 2026 | २०८३, श्रावण २८ गते

७ दिनभित्र शिक्षक–विद्यार्थीको डिजिटल हाजिरी लागू गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

७ दिनभित्र शिक्षक–विद्यार्थीको डिजिटल हाजिरी लागू गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

  • 532
    SHARES

  • ७ दिनभित्र शिक्षक–विद्यार्थीको डिजिटल हाजिरी लागू गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत लागू गर्न शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ।

    चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यास र आगामी दिनमा गर्नुपर्ने कार्यको सहजीकरणबारे जानकारी लिन आयोजित विभागीय बैठकका क्रममा उहाँले शिक्षा विभागका अधिकारीहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिनुभएको हो।

    FB_IMG_1769524549033.jpg

    कार्यवाहक मेयर डंगोलले भन्नुभयो, “नियमितता विद्यार्थीको मात्र होइन, शिक्षक र कर्मचारीको पनि आवश्यक छ। दिवा खाजालाई डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ। हामी एसईईको नजिक आउन लागेका छौँ। गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ। तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक तथा कक्षाको व्यवस्था जस्ता आवश्यक सबै काममा कमजोरी हुन दिनु हुँदैन। तथ्यले नतिजामा सुधार देखिनुपर्छ, यसमा कसैलाई छुट सुविधा हुँदैन।”

    छलफलका क्रममा भृकुटीमण्डपस्थित पुस्तकालयमा गरिएको सहयोगबाट प्राप्त नतिजा, सामुदायिक विद्यालयहरूको पूर्वाधार परीक्षण प्रतिवेदन, शिक्षामा सिपलगायत कार्यक्रमहरूको गुणस्तर र त्यसमा गर्नुपर्ने सुधारका विषयमा समेत विस्तृत समीक्षा गरिएको थियो।

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार