Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षकलाई ‘एआई’ तालिम

शिक्षकलाई ‘एआई’ तालिम

  • 396
    SHARES

  • शिक्षकलाई ‘एआई’ तालिम

    १८, माघ। तनहुँको भानु नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने विभिन्न विद्यालयमा कार्यरत शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरेको छ । शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन भएको हो।

    प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई तालिम दिएको भानु नगर शिक्षा अधिकारी धुर्वराज पौडेलले जानकारी दिए । 'शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यमा चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउन शिक्षकका लागि समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिइएको छ,' उनले भने।

    समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेकाले यस किसिमको तालिमलाई प्राथामिकता दिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । 'अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ”, उनले भने, “एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्नसके विद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछन् ।’

    तालिममा प्रशिक्षकका रूपमा भक्तपुर सानोठिमी क्याम्पसका उपप्राध्यापक विश्वराज जोशी रहेका छन् । उनले भने, “आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षणशैली मात्र पर्याप्त हुँदैन ।” रासस

    images
    आइतवार, माघ १९ २०८२१२:३५:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार