Oct 03 2026 | २०८३, आश्विन १७ गते

दुई दिने एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु

दुई दिने एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु

  • 577
    SHARES

  • दुई दिने एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु

    रामेछाप, माघ २३ — उमाकुण्ड गाउँपालिकाको आयोजनामा दुई दिने एकीकृत पाठ्यक्रम कस्टमाइज तालिम सुरु भएको छ। तालिम वडा नं. १, २ र ३ अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि बाम्तीमा, तथा वडा नं. ४, ५, ६ र ७ अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूका लागि प्रितीमा सञ्चालन गरिएको छ।

    FB_IMG_1770382043362.jpg

    तालिममा बाम्तीमा २४ जना र प्रितीमा २१ जना गरी कुल ४५ जना सामुदायिक विद्यालयका शिक्षकहरूको सहभागिता रहेको छ।

    तालिममा एकीकृत पाठ्यक्रमको अभिमुखीकरण, निरन्तर मूल्यांकन (Continuous Assessment), विद्यार्थीको सिकाइ उपलब्धि मूल्यांकन गर्ने विधि, तथा नतिजा प्रकाशन प्रक्रिया सम्बन्धी विषयमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिनेछ।

    FB_IMG_1770382043362.jpg

    तालिमका प्रशिक्षकहरूमा रुद्र जेस्पुच, निर्मल प्रसाद त्रिपाठी, आकास सुनुवार र जगदिश बस्नेत रहेका छन्। प्रशिक्षकहरूले एकीकृत पाठ्यक्रम अनुसार शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी र व्यवहारिक बनाउने विषयमा शिक्षकहरूलाई आवश्यक ज्ञान तथा सीप प्रदान गर्नेछन्।

    यस तालिमबाट शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि भई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा उमाकुण्ड गाउँपालिकाले गरेको छ।

    images
    शुक्रवार, माघ २४ २०८२०६:४५:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार