Aug 13 2026 | २०८३, श्रावण २८ गते

नीलबाराही विद्यालयमा विद्यार्थीको शैक्षिक सुधारमा विशेष पहल

नीलबाराही विद्यालयमा विद्यार्थीको शैक्षिक सुधारमा विशेष पहल

  • 489
    SHARES

  • नीलबाराही विद्यालयमा विद्यार्थीको शैक्षिक सुधारमा विशेष पहल

    काठमाडौँ । कालिमाटी–१३ टंकेश्वरस्थित नीलबाराही विद्यालयले विद्यार्थीको शैक्षिक तथा नैतिक विकासलाई प्राथमिकतामा राख्दै नियमित रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयले राष्ट्रिय, शैक्षिक तथा सामाजिक दिवसको अवसरमा शैक्षिक, सांस्कृतिक र चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

    FB_IMG_1770906360341.jpg

    विद्यालय प्रमुख डा. जनुका नेपालका अनुसार विद्यार्थीको समग्र विकासका लागि विद्यालयले समय–समयमा अभिभावक–शिक्षक बैठक (Parents Meeting) आयोजना गर्दै आएको छ। यस्ता बैठकमा विद्यार्थीको पढाइको अवस्था, कमजोरी, व्यवहार र सुधारका उपायबारे अभिभावक र शिक्षकबीच खुला रूपमा छलफल हुने गरेको छ।

    छलफलका क्रममा पहिचान गरिएका कमीकमजोरी समाधान गर्न व्यक्तिगत ध्यान, परामर्श, अतिरिक्त कक्षा तथा अभिभावकसँगको सहकार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइएको विद्यालयले जनाएको छ। यसका कारण विद्यार्थीको पढाइ र समग्र व्यवहारमा सकारात्मक सुधार देखिन थालेको विद्यालय पक्षको भनाइ छ।

    FB_IMG_1770906366551.jpg

    यसै क्रममा विद्यालयले मिति २०८२ माघ २९ मा कक्षा ४, ५ र ६ का विद्यार्थीहरूको अभिभावक दिवस तथा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    विद्यालय प्रमुख डा. जानुका नेपालले आगामी दिनमा पनि अभिभावक, शिक्षक र विद्यार्थीबीचको समन्वयलाई थप मजबुत बनाउँदै गुणस्तरीय र व्यवहारिक शिक्षामा निरन्तर जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    Source - Dr januka Nepal PHD

    images
    बिहिवार, माघ ३० २०८२०९:०९:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार