Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षकविरुद्धको अमर्यादित अभिव्यक्तिप्रति नेपाल शिक्षक महासङ्घको आपत्ति

शिक्षकविरुद्धको अमर्यादित अभिव्यक्तिप्रति नेपाल शिक्षक महासङ्घको आपत्ति

  • 773
    SHARES

  • शिक्षकविरुद्धको अमर्यादित अभिव्यक्तिप्रति नेपाल शिक्षक महासङ्घको आपत्ति

    २९, फागुन/काठमाडौं । नेपाल शिक्षक महासंघले एक सांसदबाट शिक्षक तथा शिक्षण पेसाप्रति गरिएको अमर्यादित अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

    महासंघलले बिज्ञप्ति जारी गर्दै देशमा विद्यालय शिक्षाको विकास तथा शिक्षक–कर्मचारीको हक, हित र मर्यादा संरक्षणका लागि प्रतिबद्ध रहेको नेपाल शिक्षक महासङ्घले एक सांसदबाट शिक्षक तथा शिक्षण पेसाप्रति गरिएको अमर्यादित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    महासङ्घले जारी गरेको विज्ञप्तिमा वि.सं. २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित एक जना माननीय सांसदले शिक्षक र शिक्षण पेसालाई लक्षित गरी प्रयोग गरेका शब्द र अभिव्यक्ति पेसागत मर्यादा र स्वाभिमानविपरीत भएको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा शिक्षक र कर्मचारीको सम्मान र अधिकारको संरक्षणका लागि महासङ्घ सदैव प्रतिबद्ध रहेको जनाउँदै शिक्षक समुदायको आत्मसम्मानमा आघात पुग्ने कुनै पनि अभिव्यक्ति वा व्यवहार स्वीकार्य नहुने स्पष्ट गरिएको छ।

    महासङ्घले आफ्नो पदको गरिमासमेत बिर्सेर गरिएको उक्त अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सम्बन्धित सांसदलाई सार्वजनिक रूपमा क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत गराएको छ। साथै, शिक्षक समुदायको मर्यादा कायम राख्न सबै सरोकारवाला पक्षलाई जिम्मेवार र संवेदनशील बन्न महासङ्घले आग्रह गरेको छ।

    FB_IMG_1773378874378~2.jpg

    images
    शुक्रवार, फाल्गुण २९ २०८२११:०६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार