Aug 13 2026 | २०८३, श्रावण २८ गते

कक्षा १२ सम्म निःशुल्क शिक्षा: रत्ननगर नगरपालिकाको ऐतिहासिक निर्णय

कक्षा १२ सम्म निःशुल्क शिक्षा: रत्ननगर नगरपालिकाको ऐतिहासिक निर्णय

  • 338
    SHARES

  • कक्षा १२ सम्म निःशुल्क शिक्षा: रत्ननगर नगरपालिकाको ऐतिहासिक निर्णय

    चितवन, २३ चैत – रत्ननगर नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्ने ऐतिहासिक निर्णय गरेको छ। यस निर्णयअनुसार शिशु कक्षादेखि कक्षा १२ सम्मका सबै विद्यार्थीले अब कुनै पनि शुल्क तिर्नु नपर्ने भएको छ।

    नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा का अनुसार विद्यालय सञ्चालनका लागि आवश्यक अपुग बजेट नगरपालिकाले व्यवस्थापन गर्नेछ। यसअघि आधारभूत तह (कक्षा ८ सम्म) निःशुल्क भइसकेको अवस्थामा अब माध्यमिक तहसम्म विस्तार गरिएको हो।

    निःशुल्क शिक्षा कार्यान्वयनका लागि गठित अध्ययन समितिले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हालको विद्यार्थी सङ्ख्यालाई आधार मान्दा वार्षिक करिब २ करोड ४० लाख रुपैयाँ अतिरिक्त खर्च लाग्ने अनुमान गरिएको छ। विशेषगरी कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि प्रति विद्यार्थी करिब २ हजार ५०० रुपैयाँ थप खर्च हुने प्रारम्भिक आँकलन गरिएको छ।

    नगरपालिकाभित्र कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने २,१६७ विद्यार्थी र २७ वटा विद्यालय रहेका छन्। हालसम्म विद्यालयहरूले भर्ना शुल्क, परीक्षा शुल्क तथा अतिरिक्त कक्षाका लागि शुल्क लिँदै आएका थिए, तर अब यी सबै शीर्षकमा शुल्क पूर्ण रूपमा हटाइनेछ। समितिका संयोजक जगन्नाथ अधिकारी ले सबै विद्यालयका प्रधानाध्यापकहरूसँग थप छलफल गरी वास्तविक आवश्यक बजेट निर्धारण गरिने जानकारी दिए। उनले आवश्यक रकम अझै बढ्न सक्ने सम्भावना पनि औंल्याए।

    प्रतिवेदनमा माध्यमिक तहमा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप १५ जना शिक्षक आवश्यक पर्ने उल्लेख गरिएको छ, जसको पारिश्रमिक पनि नगरपालिकाले नै व्यहोर्नेछ। नेपालको नेपालको संविधान ले स्थानीय तहलाई माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षा लागू गर्न अधिकार दिएको व्यवस्था अनुरूप रत्ननगर नगरपालिकाले यो निर्णय कार्यान्वयन गर्न लागेको हो।

    यस निर्णयलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार र सामाजिक न्यायतर्फको ठोस कदमका रूपमा हेरिएको छ। यसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई उच्च शिक्षासम्म सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।

    images
    सोमवार, चैत्र २३ २०८२०६:५४:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार