Aug 14 2026 | २०८३, श्रावण २९ गते

शिक्षा रूपान्तरणको लागि EDIN को अन्तरक्रिया, नेतृत्वस्तरीय गहन बहस

शिक्षा रूपान्तरणको लागि EDIN को अन्तरक्रिया, नेतृत्वस्तरीय गहन बहस

  • 591
    SHARES

  • शिक्षा रूपान्तरणको लागि EDIN को अन्तरक्रिया, नेतृत्वस्तरीय गहन बहस

    काठमाडौं — एजुकेसनल डिभलेपमेन्ट इनिसिएटिभ नेपाल (Educational Development Initiative Nepal / EDIN) को आयोजनामा ‘Education in Transition: Leaders’ Roundtable’ शीर्षकमाशैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ। बुधबार काठमाडौँको स्वयम्भुस्थित एक सभाहलमा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

    IMG-20260416-WA0013~2.jpg

    कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न तहका नेतृत्वकर्ताहरूको सहभागितामा शिक्षा रूपान्तरणका विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रमले वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै सुधारका सम्भावित उपायहरू पहिचान गर्ने उद्देश्य राखेको थियो।

    सहभागीहरूले विद्यालय नेतृत्वबीच अनुभव आदानप्रदान, असल अभ्यासहरूको साझेदारी तथा नवीन दृष्टिकोण विकासमा जोड दिएका थिए। अन्तरक्रियामा वक्ताहरूले शिक्षा प्रणालीलाई समयानुकूल बनाउन नीतिगत सुधार, व्यवहारिक शिक्षण पद्धति, र नवप्रवर्तनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याए। साथै, निजी विद्यालयहरूले भोगिरहेका समस्या र तिनका समाधानबारे समेत गम्भीर छलफल भएको थियो।

    IMG-20260416-WA0006.jpg

    वक्ताहरूले शिक्षण पद्धतिमा परिवर्तन गर्दै विद्यार्थीलाई प्रश्न गर्ने, विश्लेषण गर्ने र टोलीमा काम गर्ने क्षमताको विकास गर्नुपर्नेमा जोड दिए। विद्यार्थीहरूमा पठनपाठन संस्कृति विकास गर्ने उपाय तथा आगामी मूल्यांकन प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा समेत विचार विमर्श गरिएको थियो।

    कार्यक्रममा नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, महासचिव प्रकाश खड्का, शिक्षा पत्रकार सुरेश चन्द्र अधिकारी, शिक्षाशास्त्री डा. रामहरि ढकाल, EDIN का कार्यकारी निर्देशक हिक्मत दाहाललगायतका वक्ताहरूले आफ्ना धारणा राखेका थिए।

    IMG-20260416-WA0003.jpg

    कार्यक्रमका अध्यक्ष हिम्मत दाहालले समापन मन्तव्य दिँदै अन्तरक्रियाबाट प्राप्त निष्कर्षहरू कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए। उनले यस्ता संवादले शिक्षा प्रणालीको रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    कार्यक्रमको सञ्चालन EDIN का डाइरेक्टर तथा फ्युचर स्टार स्कुलका संस्थापक प्रिम्सिपल मनोज श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य तक्षशिला एकेडेमीका प्रिन्सिपल नेत्र प्रसाद न्यौपानेले व्यक्त गरेका थिए।

    IMG-20260416-WA0018.jpgIMG-20260416-WA0023.jpgIMG-20260416-WA0012.jpg

    images
    बिहिवार, बैशाख ३ २०८३०४:५४:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार