Aug 13 2026 | २०८३, श्रावण २८ गते

सार्वजनिक विद्यालयमा किन अपेक्षित नतिजा आउन सकेन?

सार्वजनिक विद्यालयमा किन अपेक्षित नतिजा आउन सकेन?

  • 507
    SHARES

  • सार्वजनिक विद्यालयमा किन अपेक्षित नतिजा आउन सकेन?

    राममाया थपलिया, धुनिवेसी । २०८३ बैशाख १४ गते मछिन्द्र माध्यमिक विद्यालय खानीखोलामा हामी करिब ६ वटा विद्यालय प्रधानाध्यापक र अंग्रेजी बिषयको बिषय शिक्षक बिच छलफल चल्यो। कक्षा १२ को परीक्षा सन्चालन भइरहेको अवस्थामा र विद्यार्थी भाइबहिनीलाई कुरिरहेको खाली समयमा हाम्रो विचार–विमर्श चल्यो जसमा एउटा गम्भीर प्रश्न उठ्यो कि सामुदायिक विद्यालयमा किन अपेक्षित नतिजा आउन सकेन ?

    छलफल गर्दा सबैभन्दा पहिलो कुरा,सामुदायिक विद्यालय विद्यार्थीलाई घरमा उचित अभिभावकीय मार्गदर्शन (parenting) को अभाव देखिन्छ । नेपालको सामुदायिक विद्यालयमा अधिकांश कमजोर शैक्षिक आधार भएका विद्यार्थीहरु भर्ना हुन्छन् । उनिहरुको घरमा शैक्षिक वातावरण पनि छैन । विद्यालयमा शिक्षकले गराएको क्रियाकलापले मात्रै पुग्दैन। तेतिमात्र नभई  कक्षाकोठामा कम संख्यामा देखिएका मेहनती र सक्षम विद्यार्थीहरू पनि अन्य अल्छि गर्नेहरुबाट प्रभावित हुने गरेका छन्।  घरमा राम्रो वातावरण नहुदा उनीहरुको प्रगति हुन सकेन।

    दोश्रो कुरा केही शिक्षकहरु काम भन्दा कुरा धेरै गर्ने,पठनपाठनमा जागरुक नहुने ,समय सापेक्ष आफुलाई अपडेट नगर्ने, प्रवृत्ति पनि देखिन्छ। ती एकाध उदाहरणलाई आधार मानेर सम्पूर्ण शिक्षकहरुको मान मर्दन गर्ने, हेप्ने प्रवृत्तिले पेशामा गर्व गर्न सकिरहेका छनन् जसको प्रभाव समग्र शिक्षा क्षेत्रमा परेको देखिन्छ।शिक्षकको वृत्ति बिकास,सेवा सुबिधा न्यून भएकोले पनि आकर्षणको पेशा बन्न सकेन । आर्थिक संकट टार्न अन्य काममा नजर लगाउनुपर्ने बाध्यताले पुर्ण रुपमा शिक्षणमा प्रतिबद्ध हुने सकेनन् ।

    तेस्रो कुरा सामाजिक र आर्थिक अवधारणा अर्को महत्त्वपूर्ण पक्ष हो। कुनै कक्षामा एकजना उत्कृष्ट विद्यार्थी छ  र अर्को अनुशासनहीन, चतुर, शिक्षकले भनेको नमान्ने विद्यार्थी छ, तर समाजमा आर्थिक रूपमा उ सफल देखिन्छ, जसले गर्दा समुदायमा “पढाइभन्दा विदेश जानु वा कुनै व्यवसाय गर्नु नै राम्रो” भन्ने गलत सोच विकास गरिरहेको छ। यसले विद्यालयप्रति विद्यार्थीको उद्देश्य नै कमजोर बनाएको छ ।

    चौथो कुरा अभिभावकहरूले लाखौं खर्च गरेर पढाउनुहुन्छ तर पनि रोजगारी नपाउने अवस्थाले निराशा बढाएको छ। अन्ततः फेरि ठूलो रकम खर्च गरेर विदेश पठाउनु पर्ने बाध्यताले गर्दा अभिभावक र विद्यार्थीको शिक्षा प्रणालीप्रति विश्वास घट्दै गएको छ। तर दोष जति सबै हामी शिक्षकलाई दिने गरेकोले नेपालको शिक्षकहरु चौतर्फी चपेटामा छ्न र पनि समस्यासंग जुधिरहेकै छन् ।

    पाँचौ कुरा अझ चासोको विषय के छ भने, घर घरमा एउटा न एउटा मोबाइल हुने जुन मोबाइल चलाउन अभिभावकले नजान्दा छोराछोरीको सहयोग लिनुपर्ने अवस्था छ।विद्यार्थीले त्यो अवसरलाई दुरुपयोग गर्दै मोबाइल लतमा परेको देखिन्छ । विद्यार्थी बढी  प्रबिधिमैत्री हुँदा पनि समस्या आएको छ।बिधालयमा शिक्षकले गृहकार्य दिंदा AI को प्रयोग गरेको देखिन्छ जसले गर्दा शिक्षकबाट Very Good  पाउँछन् तर सोधेमा केही पनि आउँदैन।जथाभावी AI को प्रयोगले एकाध विद्यार्थी बाहेक उनिहरुमा सृजनात्मक क्षमता कमजोर हुँदै गइरहेको छ ।

    विद्यालयबाट ‘A+’ ल्याएका विद्यार्थीहरू पनि उच्चस्तरीय प्रवेश परीक्षामा असफल हुने र लोकसेवा आयोगमा नाम निकाल्न नसक्ने देखिएको छ। त्यसैले विद्यार्थीले IELTS गर्ने र बिदेश जाने ट्रेन देखिएकोले केही नमुना सामुदायिक विद्यालय बाहेक अन्य विद्यालय भर्ना दर अत्यन्तै कम भइरहेको देखिन्छ । कतिपय विद्यार्थीको उत्कृष्ट नतिजा देखिएपनि ब्यावहारमा उसको प्रस्तुति कमजोर देखिनुले पनि अंक मात्र गुणस्तरको मापन होइन भन्ने स्पष्ट देखाउँछ र पढाईप्रतिको रुचि घटाएको देखिन्छ।

    नेपालको परीक्षा प्रणालीमा पनि धेरै समस्याहरु देखिन्छन। केही विद्यार्थीहरू “म त टपरसँग परेँ, अब A+ पक्का” भन्ने सोच राख्छन्, जसले व्यक्तिगत प्रयासभन्दा अरूको भर पर्नु भन्ने प्रवृत्ति बढेको देखिन्छ। यस्तो मानसिकताले विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता नै घटाइदिएको छ।

    यी तमाम समस्याको समाधानका लागि अभिभावक, शिक्षक र राज्य तीनै पक्ष जिम्मेवार बन्नुपर्छ।सहिलाई पुरस्कृत र गलतलाई दण्डित गर्नुपर्छ। हामी अभिभावकहरुलाई विनम्र अनुरोध गर्न चाहन्छौं कि घरमा सकारात्मक अभिभावकीय भूमिका निर्वाह गर्नुस। राज्य तथा विभिन्न सरोकारवालाले व्यवहारिक शिक्षा, र निष्पक्ष तथा गुणस्तरीय मूल्यांकन प्रणाली विकास गरौं ।

    महामानव उत्पादन गर्ने शैक्षिक प्रणालीमा आवस्यक बजेट बिनियोजन होस । शिक्षकलाई सम्मान गरि प्रफुल्ल मुद्रामा कक्षाकोठामा अध्यापन गर्ने ब्यवस्थपकीय वातावरण निर्माण गरे सामुदायिक विद्यालयको नतिजा सुधार हुन गाह्रो देखिंदैन भन्ने निष्कर्ष निकालियो।

    images
    बुधवार, बैशाख १६ २०८३०८:०६:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार