Aug 13 2026 | २०८३, श्रावण २८ गते

गुणस्तरीय शिक्षासँगै जीवन उपयोगी सिकाइको केन्द्र - एड-मार्क एकेडेमी

गुणस्तरीय शिक्षासँगै जीवन उपयोगी सिकाइको केन्द्र - एड-मार्क एकेडेमी

  • 683
    SHARES

  • गुणस्तरीय शिक्षासँगै जीवन उपयोगी सिकाइको केन्द्र - एड-मार्क एकेडेमी

    काठमाडौं, साउन ११ । काठमाडौं महानगरपालिका–१४, कलंकी चोकमा अवस्थित एड-मार्क एकेडेमी गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ तथा विद्यार्थीको सर्वाङ्गीण विकासका कारण पछिल्लो समय विद्यार्थी र अभिभावकमाझ लोकप्रिय बन्दै गएको छ। सुविधा सम्पन्न भौतिक संरचना, अनुभवी शिक्षक तथा आधुनिक शिक्षण पद्धतिका कारण यस एकेडेमीलाई एसईईपछि उच्च शिक्षाको आकर्षक गन्तव्यका रूपमा हेरिन थालेको छ।

    1690462458-fRazj~2.jpg

    वि.सं. २०५६ मा स्थापना भएको यस एकेडेमीले मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म अध्ययन अध्यापन गराउँदै आएको छ। कक्षा ११ र १२ मा Science, Management, Humanities र Law संकाय सञ्चालन गर्दै आएको एड-मार्क एकेडेमीले स्नातक तहमा BBS, BA, BSW र BCA तथा स्नातकोत्तर तहमा MBS कार्यक्रम समेत सञ्चालन गरिरहेको छ।

    राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने एसईई तथा कक्षा १२ को परीक्षामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको यस एकेडेमीमा हाल करिब ३ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। योग्य तथा अनुभवी शिक्षकद्वारा श्रव्यदृश्य सामग्री, सामूहिक छलफल, सहायक पाठ्यसामग्री र सन्दर्भ पुस्तकमार्फत आधुनिक ढंगले अध्यापन गरिने भएकाले विद्यार्थीले व्यवहारिक र जीवन उपयोगी ज्ञान हासिल गर्ने अवसर पाउने गरेका छन्।

    Screenshot_2026-05-13-13-04-15-17_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    विद्यालय तथा कलेजमा नियमित रूपमा अभिमुखीकरण तालिम, अभिभावक भेला, कार्यशाला, फिल्ड रिसर्च तथा प्रोजेक्ट–आधारित सिकाइ कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यसले विद्यार्थीलाई सिर्जनशील, जिम्मेवार र आत्मविश्वासी बनाउन मद्दत पुगेको संस्थाको भनाइ छ।

    एकेडेमीले जेहेन्दार, आर्थिक रूपमा विपन्न, पिछडिएका क्षेत्रबाट आएका तथा सहिद परिवारका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ। साथै मेडिकल, इन्जिनियरिङ तथा व्यवस्थापन अध्ययन गर्न चाहने विद्यार्थीका लागि अतिरिक्त परामर्श तथा व्यावसायिक कक्षा सञ्चालन गरिँदै आएको छ।

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन डिजिटल लाइब्रेरी, विज्ञान तथा कम्प्युटर ल्याब, स्पोर्ट्स क्लब लगायत सुविधा उपलब्ध छन्। त्यस्तै बास्केटबल, क्रिकेट, फुटबल, ब्याडमिन्टन, टेबलटेनिस, भलिबल लगायत खेलकुदसँगै गायन, नृत्य, चित्रकला, वक्तृत्वकला र हाजिरिजवाफ जस्ता अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीलाई सक्रिय सहभागिता गराइन्छ।

    प्रतिभाशाली विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले कक्षा ११ मा भर्ना हुने खेलकुद तथा सिर्जनात्मक क्षेत्रमा रुचि भएका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था समेत गरिएको एकेडेमीले जनाएको छ।

    कलंकी क्षेत्रमा अवस्थित भएकाले उपत्यका बाहिरबाट आउने मध्यम तथा न्यून आय भएका विद्यार्थी तथा अभिभावकका लागि समेत एड-मार्क एकेडेमी सहज र विश्वासिलो शैक्षिक गन्तव्य बनेको विद्यार्थीहरूको अनुभव छ।

    FB_IMG_1778656187693.jpg

    images
    बुधवार, बैशाख ३० २०८३१२:५३:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार