शनिवार, जेठ ९ २०८३
भक्तपुर । आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिक कार्यतालिका अन्तर्गत सन्तति आधारभूत विद्यालयको संयोजनमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १८ विद्यालयका ७० जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रमका सभापति तथा आधारभूत विद्यालय समितिका अध्यक्ष एवं हंस बाहिनी आविका प्रधानाध्यापक सूर्यबहादुर फोजूले आधारभूत विद्यालय समिति विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्ने साझा मञ्च बनेको उल्लेख गर्दै यस्ता सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रम संयोजक तथा विद्यालयका प्रधानाध्यापक दीपक माकले अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सक्रिय सहभागिताले उनीहरूको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। निर्णायक तथा चित्रकार बालकृष्ण बनमालाले कलामार्फत विद्यार्थीले भविष्यको सम्भावना पहिचान गर्न सक्ने बताउनुभयो।
प्रतियोगितामा कक्षा १–३, ४–५ र ६–८ तहका छात्र तथा छात्रा गरी विभिन्न समूहमा प्रतिस्पर्धा भएको थियो। कक्षा १–३ छात्रतर्फ बालसेवक आविका युवराज घर्तीमगर प्रथम भएका छन् भने छात्रातर्फ तारा माविकी सन्ध्या कुमारी साह प्रथम भएकी छन्। यस्तै कक्षा ४–५ छात्रतर्फ सन्तति आविका कासल सेराला तथा छात्रातर्फ गणेश माविकी रिरिका श्रेष्ठ प्रथम भएका छन्।
कक्षा ६–८ छात्रतर्फ गणेश माविका पंकज महत्तो प्रथम हुँदा छात्रातर्फ बालसेवक आविकी खुसी इङ्नाम प्रथम भएकी छन्। अन्य विभिन्न तहमा द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो।
आधारभूत विद्यालय समिति भक्तपुरको यो वर्षको पहिलो प्रतियोगिताको रूपमा आयोजित चित्रकला प्रतियोगिता ६ चरणमा सम्पन्न भएको आयोजकले जनाएको