Oct 02 2026 | २०८३, आश्विन १६ गते

आरुणी स्कुलद्वारा अभिभावकसँग मनका कुरा कार्यक्रममार्फत विद्यालय–अभिभावक सहकार्यमा जोड

आरुणी स्कुलद्वारा अभिभावकसँग मनका कुरा कार्यक्रममार्फत विद्यालय–अभिभावक सहकार्यमा जोड

  • 555
    SHARES

  • आरुणी स्कुलद्वारा अभिभावकसँग मनका कुरा कार्यक्रममार्फत विद्यालय–अभिभावक सहकार्यमा जोड

    काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित आरुणि सेकेण्डरी स्कुलमा “अभिभावकसँग मनका कुरा (सँगै सोचौँ, सँगै बढौँ)” शीर्षकमा विशेष अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    FB_IMG_1779588012545.jpg

    कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गत स्कूल काउन्सिलिङ एन्ड वेलबिइङ युनिटका डा. चेतनाथ पन्तले सहजीकरण गर्नुभएको थियो। उहाँले विद्यार्थीको भावनात्मक अवस्था, अभिभावक र विद्यालयबीचको सहकार्य, सकारात्मक सिकाइ वातावरण तथा बालबालिकाको समग्र विकासका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको थियो।

    IMG-20260523-WA0003.jpg

    कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट GPA ल्याउने कक्षा १ देखि ९ सम्मका ५३ जना विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल होमनाथ आचार्य तथा तहगत संयोजकहरुद्वारा सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। विद्यार्थीहरुको शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालयले उनीहरुलाई थप प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ।

    FB_IMG_1779588020890.jpg

    त्यसैगरी, शैक्षिक सत्र २०८३ का लागि विद्यालयका क्याप्टेन, भाइस क्याप्टेन तथा चारवटा सदनका विद्यार्थी प्रतिनिधिहरुलाई ब्याच वितरण गरिएको थियो। कार्यक्रममा ECA संयोजक जम्बु शेर्पा म्यामद्वारा नव–निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई शपथ ग्रहण गराइएको थियो।

    IMG-20260523-WA0007.jpg

    विद्यालयका निर्देशक हिक्मत दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य लेखा संयोजक अलिसा महतले राख्नुभएको थियो। अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

    FB_IMG_1779589045527.jpgFB_IMG_1779589032519.jpg

    IMG-20260523-WA0000.jpgIMG-20260523-WA0011.jpgIMG-20260523-WA0006.jpg

    images
    आइतवार, जेठ १० २०८३०७:३०:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार