Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीको भविष्यसँग खेलबाड नगर्न सरकार र शिक्षामन्त्रीलाई शिक्षक भट्टराईको ध्यानाकर्षण

विद्यार्थीको भविष्यसँग खेलबाड नगर्न सरकार र शिक्षामन्त्रीलाई शिक्षक भट्टराईको ध्यानाकर्षण

  • 293
    SHARES

  • विद्यार्थीको भविष्यसँग खेलबाड नगर्न सरकार र शिक्षामन्त्रीलाई शिक्षक भट्टराईको ध्यानाकर्षण

    काठमाडौं । शिक्षक रमेश बाबु भट्टराईले विद्यार्थीको भविष्यसँग खेलबाड नगर्न सरकार, शिक्षामन्त्री तथा शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरू तत्काल नियुक्त गरी आयोगका कामकारबाहीलाई निरन्तरता दिन माग गरेका छन्।

    भट्टराईले शिक्षक सेवा आयोगका पदाधिकारीहरू विगतमा विधिसम्मत प्रक्रियाबाट नियुक्त भई प्रभावकारी रूपमा कार्यसम्पादन गरेको उल्लेख गर्दै पुनः सोही प्रक्रियाबाट नियुक्ति हुने अवस्थामा पूर्व पदाधिकारी हटाइनुको औचित्यमाथि प्रश्न उठाएका छन्। उनका अनुसार शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरू लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र मन्त्रालयका सचिवको सिफारिसमा नेपाल सरकारबाट नियुक्त हुने व्यवस्था रहेको छ।

    “आफ्नो अब्बलता देखाई समयमै कार्यसम्पादन गरेको प्रमाण हुँदाहुँदै राम्रो काम गर्नेलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाउनु र फेरि त्यही प्रक्रियाबाट नियुक्त गर्दा अघिल्लो निर्णयलाई बेठिक भन्नु कति सान्दर्भिक छ ?” उनले प्रश्न गरेका छन्।

    उनले प्राथमिक तह (प्रा.वि.) शिक्षक विज्ञापन प्रक्रियालाई दरबन्दी रूपान्तरणको नाममा रोक्नु पनि उपयुक्त नभएको बताएका छन्। उनका अनुसार यदि दरबन्दी रूपान्तरण आवश्यक हो भने समयमै सम्पन्न गर्नुपर्छ, अन्यथा विज्ञापन प्रक्रिया रोकिनु हुँदैन।

    सरकारको ढिलासुस्ती र समयमै आवश्यक निर्णय नहुँदा लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको उल्लेख गर्दै भट्टराईले त्यसप्रति सरकार मुकदर्शक बनेर बस्न नहुने बताएका छन्। उनले शिक्षा क्षेत्रमा हुने ढिलासुस्तीले प्रत्यक्ष रूपमा विद्यार्थीको भविष्य प्रभावित हुने भएकाले शिक्षक सेवा आयोगका कामकारबाही अवरुद्ध नगरी समयमै अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

    भट्टराईले सरकारलाई बहानाबाजी र निर्णय ढिलाइ नगरी समयको महत्व बुझ्दै शिक्षक सेवा आयोगको कामलाई निरन्तरता दिने वातावरण निर्माण गर्न अनुरोध गरेका छन्।

    भट्टराईद्वारा जारी ध्यानाकर्षणमा भनिएको छ :

    सरकारलाई ध्यानाकर्षण ।

    शिक्षामन्त्रीलाई र मन्त्रालयलाई ध्यानाकर्षण ।

    विद्यार्थीको भविष्य माथि खेलबाड नगरौँ। तत्काल शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य नियुक्त गरी शिक्षक सेवा आयोगका काम कारबाही अगाडि बढाउन अनुरोध छ।

    शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्य विधिसम्मत छनोट भई (लोक सेवा आयोग अध्यक्ष, त्रि.वि. उपकुलपति र मन्त्रालयको सचिवको सिफारिसमा नेपाल सरकारबाट नियुक्त) आफ्नो अब्बलता देखाई समयमै कार्यसम्पादन गरेको प्रमाण बोल्दछ। फेरि पनि यही प्रक्रियाबाट नियुक्त गर्नै पर्छ त किन बर्खास्त ?

    राम्रो कार्यसम्पादन गर्नेलाई पनि राजनीतिक दुराशय राखेर हटाउने र फेरि त्यही प्रक्रियाबाट नियुक्त गर्दा ठिक भन्नु र पहिले गरेको बेठिक भन्नु कति सान्दर्भिक छ? प्रा.वि. विज्ञापनका लागि शिक्षक सेवा आयोगले तालिका प्रकाशित गर्दा समेत दरबन्दी रूपान्तरणका नाममा विज्ञापन प्रक्रिया रोक्नु पनि उचित छैन। कि दरबन्दी रूपान्तरण समयमै गर्नु पर्‍यो कि त प्रक्रिया रोक्नु भएन।

    सरकारले ढिलासुस्ती र समयमै कार्यसम्पादन नगरी लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्दा समेत मुकदर्शक भएर बस्नु आपत्तिजनक छ।

    सरकारले यो र त्यो बहानामा ढिलासुस्ती नगरी लाखौँ विद्यार्थीको भविष्य माथि खेलबाड नगरी समयको महत्त्व बुझी समयमै शिक्षक सेवा आयोगको काम कारबाहीमा निरन्तरता दिने वातावरण निर्माणका लागि विनम्र अनुरोध गर्दछु।

    – रमेश बाबु भट्टराई

    भट्टराईले शिक्षक सेवा आयोगमा नेतृत्व रिक्त हुँदा शिक्षक नियुक्ति, विज्ञापन प्रक्रिया र शैक्षिक व्यवस्थापन प्रभावित हुने भन्दै तत्काल आवश्यक निर्णय लिन सरकारसँग आग्रह गरेका छन्। उनका अनुसार शिक्षा क्षेत्रसँग जोडिएका निर्णयमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष असर लाखौँ विद्यार्थीको भविष्यमा पर्ने भएकाले सम्बन्धित निकायले संवेदनशीलता देखाउन आवश्यक छ।

    images
    सोमवार, जेठ ११ २०८३०७:५०:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार