Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद् साउन २–३ गते काठमाडौंमा

नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद् साउन २–३ गते काठमाडौंमा

  • 249
    SHARES

  • नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद् साउन २–३ गते काठमाडौंमा

    काठमाडौं, असार ५ । नेपाल शिक्षक महासङ्घले आफ्नो तेस्रो राष्ट्रिय परिषद् आगामी साउन २ र ३ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गर्दै देशभरका जिल्ला समिति तथा आबद्ध/सम्बद्ध संस्थाहरूलाई आवश्यक तयारीका लागि निर्देशन दिएको छ।

    महासङ्घको राष्ट्रिय समिति अन्तर्गत विस्तारित कार्यालयीय बैठकले गरेको निर्णयअनुसार जारी परिपत्रमा सबै जिल्ला समितिको अनिवार्य सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको छ। परिषद्मा समसामयिक शैक्षिक अवस्था, शिक्षक–कर्मचारीका सरोकारका विषय तथा महासङ्घको विधान संशोधनसम्बन्धी छलफल गरिने जनाइएको छ।

    महासङ्घले विधान संशोधनका लागि आवश्यक सुझावहरू समयमै राष्ट्रिय समितिमा पठाउन आह्वान गरेको छ। साथै परिषद्मा सहभागी हुनुअघि प्रत्येक जिल्लाले अनिवार्य रूपमा जिल्ला परिषद् सम्पन्न गरी तोकिएका प्रतिनिधि (सहजकर्ता) लाई सहभागिता गराउनुपर्ने व्यवस्था गरिएको छ।

    परिपत्रमा हालसम्म जिल्ला समिति गठन नभएका जिल्लाहरूलाई केन्द्रबाट तोकिएका प्रतिनिधिसँग समन्वय गरी शीघ्र समिति गठन गर्न निर्देशन दिइएको छ। त्यस्तै, गठन प्रक्रियामा देखिएका विवाद तथा असहमतिहरू समाधान गर्न राष्ट्रिय समितिबाट खटिएका प्रतिनिधिहरूलाई आवश्यक समन्वय र प्रतिवेदन पेश गर्न भनिएको छ।

    महासङ्घले विद्यालय कर्मचारी तथा सङ्घीय सिकाइ अनुदान शिक्षकहरूले सञ्चालन गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै जिल्लालाई आन्दोलनको समर्थन गर्नसमेत आग्रह गरेको छ। त्यसैगरी, जिल्लास्तरमा रहेका शिक्षक तथा कर्मचारीका विशिष्ट समस्या लिखित रूपमा राष्ट्रिय समितिमा पठाउन अनुरोध गरिएको छ। राष्ट्रिय परिषद्को अवसरमा स्मारिका प्रकाशन गरिने भएकाले जिल्लागत सांगठनिक गतिविधि तथा जिल्ला समितिका पदाधिकारीहरूको नामावलीसमेत केन्द्रमा पठाउन भनिएको छ।

    महासङ्घले परिषद्मा सहभागी प्रतिनिधिको संख्या तथा शुल्कसम्बन्धी विस्तृत जानकारी छुट्टै पत्रमार्फत उपलब्ध गराइने जनाएको छ।

    FB_IMG_1782004404436.jpgFB_IMG_1782004405874.jpgFB_IMG_1782004407228.jpg

    images
    आइतवार, आषाढ ७ २०८३०७:०३:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार