Oct 02 2026 | २०८३, आश्विन १६ गते

द सनसाइन स्कुल/कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

द सनसाइन स्कुल/कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 513
    SHARES

  • द सनसाइन स्कुल/कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौँ महानगरपालिका–१५, विजेश्वरीस्थित द सनसाइन स्कुल/कलेज ले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

    स्कुल/कलेजका प्रिन्सिपल तथा प्राचार्य बाबुराम गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, व्यवस्थापन पक्ष तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, नियम, अवसर तथा भावी शैक्षिक यात्राबारे जानकारी गराइएको थियो।

    IMG-20260624-WA0001.jpg

    कार्यक्रममा कलेजका मार्केटिङ अफिसर तथा चर्चित शिक्षक होमराज पौडेल, विद्यालय सञ्चालक समितिका सदस्यहरू टङ्क प्रसाद भण्डारी र कृष्णप्रसाद उपाध्याय फ्याकल्टी सदस्यहरू माधव घिमिरे, राघव श्रेष्ठ र सुमित्रा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा मार्केटिङ अफिसर तथा चर्चित शिक्षक होमराज पौडेललेशुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई अध्ययनप्रति समर्पित भई आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गरेका थिए। पौडेलले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र सकारात्मक सोचको महत्वबारे प्रकाश पार्नुभयो।

    IMG-20260624-WA0007.jpg

    अभिमुखीकरण कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए। साथै कक्षा ११ मा भर्ना भएका नवप्रवेशी विद्यार्थीहरूले पनि आफ्नो परिचय तथा अनुभव साझा गरेका थिए।

    अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य गौतमले विद्यार्थीहरूको हार्दिक स्वागत गर्दै द सनसाइन स्कुल/कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्न सफल हुँदै आएको बताउनुभयो। उहाँले होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स तथा टुरिजम एन्ड माउन्टेनियरिङजस्ता विषयहरूमा कलेजले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्नुभयो।

    images
    बुधवार, आषाढ १० २०८३१०:३८:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार